कारागार भित्रै प्रहरीका डिएसपीलाई जेलमा थुनीदीने कुख्यात अपराधी भिडियो सहित
कारागारमा रहेका कैदीले भित्रैबाट आपराधिक क्रियाकलाप गर्ने गरेको खबर नौलो रहेन । जेल प्रशासन र सुरक्षाकर्मीको मिलेमतो र लापरबाहीले जेल संगठित अपराधीको योजनास्थल बन्दै गएको छ । व्यापारी महेश मुरारकाको अपहरण अभियोगमा जेल जीवन बिताइरहेका अमर टण्डन पनि जेलमै बसेर आफ्नो आपराधिक गिरोह चलाइरहेका थिए । उनले केही समय अगाडी सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका सईलाई नक्खु कारागारमा सात घन्टा बन्दी बनाएका थीए । कतिपय अपराधमा जेलबाट छुटेपछि जेलबाट छुटेका व्यक्तिहरू भित्र रहेका चर्चित अपराधीहरूबाट प्रयोग हुने गरेका छन् । हेम मगर जेलबाट छुटेको पाँच महिनापछि पुनः टण्डन समूहका लागि काम गर्दागर्दै सारडा अपहरणमा पक्राउ परेका थिए । जेलभित्रैबाट यसरी आपराधिक सञ्जाल चल्नुमा जेल प्रशासन सबैभन्दा बढी जिम्मेवार रहेको प्रहरीको पनि बुझाइ छ । जेल प्रशासन थोरै पैसाको लोभमा पनि आँखा चिम्लिदिने र सुरक्षाकर्मीले पैसाकै लागि साथ दिने गरेकाले त्यहाँभित्र जस्तो पनि सुविधा उपभोग गर्ने स्थिति भएको कारागार विभागका एक अधिकारी बताउँछन् । हेर्नुस भिडियो खबर