राजनीतिमा राजतन्त्र, ज्ञानेन्द्रको राजनैतिक चहलपहल: एक चर्चा
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

साउन ८ गते नै एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मोहन बैद्यको अभिव्यक्तिलाई जनयुद्धको अपमानका रुपमा व्याख्या गरे । बैद्य माओबादीले १३ हजार बढी नेपालीले गणतन्त्रका लागि गरेको आहुतिलाई अपमान गरेको आरोप लगाउँदै गर्दा उनले निर्वाचन आचारसंहितालाई उलंघन गरेको आरोपमा पूर्वराजालाई जेल हाल्नुपर्ने तर्क अगाडि ल्याए । एकपछि अर्को गर्दै पूर्वराजासँग सम्बन्धित विभिन्न सवालहरुले राष्ट्रिय राजनीतिमा चर्चा बटुल्न सफल भएको छ । पूर्वराजाप्रतिको आस्था, सहकार्यको चाहना र पूर्वराजाप्रतिको कटाक्षले पूर्वराजा सामाजिक बहसको विषयसमेत बनेका छन् । देशमा गणतन्त्र घोषणा भएपश्चात् लामो समयसम्म निष्क्रिय जीवन बिताएका पूर्वराजाले बेलाबखतमा गर्ने गरेको धार्मिक भ्रमण र राहत बितरणबाट समेत सशङ्कित हुने गरेका राजनीतिक दलका केही नेताहरु सार्वजनिक कार्यक्रममा नै पूर्वराजालाई जेल हाल्नुपर्ने बताएपछि पूर्वराजाप्रतिको सहानुभूति ह्वात्तै बढेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्नुपर्नेमा फरक मत नराख्ने र गणतन्त्रप्रति आस्था राख्नेहरु पनि पूर्वराजाको पक्षमा खुलेर बोल्न थालेका छन् । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिबाट आक्रोशित भएकाहरुले आफ्ना आक्रोश र पूर्वराजाप्रतिको सहानुभूतिलाई सामाजिक सन्जालमार्फत निकै टीकाटिप्पणी भएको छ ।
हेर्नुस भिडियो खबर
हेर्नुस भिडियो खबर
नया खबरबाट