त्रिविका उपकुलपति वार्ताबाटै भागे : क्रान्तिकारी

क्रान्तिकारी र त्रिवि पदाधिकारीको वार्ता निश्कर्षविहीन

२६ जेठ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न आइतबार कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारी र त्रिवि पदाधिकारीको बैठक विना निश्कर्ष टुंगिएको छ । छलफलका क्रममा त्रिविका भिसी हिराबहादुर महर्जन भागेपछि वार्ता असफल भएको क्रान्तिकारी नेता मदन अर्यालले अनलाइनखबरलाई बताउनुभयो । ’वार्ताबाट भिसी भागे । गंगाबहादुर थापाले माध्यमको जिम्मा लिए ।’



अर्यालले भन्नुभयो-’अब क्रान्तिकारीको एक सूत्रीय माग त्रिविका पदाधिकारीको राजीनामा हो ।’ जेठ २३ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएपछि अखिल क्रान्तिकारीले चाँडो मिति तोक्न त्रिविलाई दबाव दिँदै आएको थियो । चुनावको मिति नतोककाले क्रान्तिकारीले पदाधिकारीको राजीनामा माग गरेको अर्यालको भनाइ छ ।