कमलरीको तराई बन्द आजपनि, सरकारसँग वार्ता पनि हुने

२४ जेठ, काठमाण्डौं । कमलरी संयूक्त संघर्ष समितिको आहृवानमा गरेको तराई बन्द आज चौथो दिन पनि जारी रहेको छ । बन्दका कारण तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, उद्योग व्यवसाय मंगलबारदेखि नै ठप्प भएका छन् ।



संर्घष समितिले सरकारसँग वार्ता गरिरहेको भएपनि वार्ता निष्कर्षमा पुग्न नसक्दा बन्द झन लम्बिदैँ गएको छ । सरकारसँग बिहीबार भएको वार्तामा कमलरीहरुको ११ बुँदे मागहरु मध्य ९ वटा मागमा सहमति भएको संघर्ष समितिले जनाएको छ ।

ज्यान गुमाएकी सिर्जना चौधरीलाई कम्लरी राख्ने युवराज पौडेललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा अनुसन्धान गरेर पक्राउ गर्ने भन्ने विषयमा कुरा नमिलेको र मृतक कम्मलरीहरुका परिवारलाई १० लाख क्षतिपुर्ति दिने विषयमा भने कुरा नमिलेको संयुक्त संघर्ष समितिले जनाएको छ । समितिले आज फेरि छलफल गरी निष्कर्षमा पुग्ने समितिका सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।