बल्खुमा पार्टीमा भित्रने र बाहिरिनेको आतंक

२२ जेठ, काठमाण्डौं । मौसम नै चलेजस्तो हिजोआज कार्यक्रमैपिच्छे एउटाबाट अर्को पार्टी प्रवेश गर्ने लहर चलेको छ । एमालेबाट रामचन्द्र झा, उर्मिला अर्यालहरु एमाओवादीमा प्रवेश गरेसँगै एमालेबाट बाहिरिएर महेन्द्रराय यादब नेतृत्वको तमलोपा उपाध्यक्ष रत्नेश्वर गोइत, राजकुमार लेखीहरु पार्टीमा र्फकदै छन् । सम्भवतः बल्खुले आगामी साता एक विशेष समारोहबीच फर्किनेहरुलाई स्वागत कार्यक्रम राख्दै छ । गोइत र लेखी मात्र होइन्, बल्खुले नाम गोप्य राखेको छ कि, हालसालै गठित अशोक राईहरुको संघीय समाजबादी पार्टी त्यागेर केही कामरेडहरु र्फकदैछन् । अझ गोइत त पाँचसय कार्यकर्ताको डफ्फासहित फर्किन लागेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले खबर छापेको छ ।



उता, बल्खुमा एउटा हल्ला मज्जाले चलेको छ । झलनाथ सरकारमा पूर्वका पुराना र त्यागी नेता नरेश खरेललाई बनाउन भनेर ठिक्क पारिएको सामान्य प्रशासन मन्त्री पड्काएका युवराज कार्की एमाओवादी छिर्ने सोचमा छन् । यसबारे प्रतिक्रिया लिन कार्कीलाई सम्पर्क गर्दा उनी भेटिएनन् । उसो त त्यही सरकारमा एमाले नेत्री राधा ज्ञवाली इतिहास, योगदान र व्यक्तित्वको अपमान गर्दै शिक्षा राज्यमन्त्रीमा नाम सार्वजनिक गरियो । राधाका अगाडि ‘पिलन्धरे’ व्यक्तित्वकी उर्मिला अर्याल त्उही सरकारमा फुल मन्त्री भइन् । त्योसमेत दुईचोटी एमालेको तर्फबाट मन्त्री पद पड्काएकी उर्मिला अहिले एमाओवादी भइन् । पेरिशडाँडाबाट बल्खुलाई आतंकित पार्न यतिबेला एउटा हल्ला पठाइएको छ, राधा ज्ञवालीले प्रचण्डसँग तीनवटा बैठक गरिसकिन्, पार्टी प्रवेश गर्ने र जिम्म्वारीको कुरामात्र मिल्न बाँकी छ भनेर । बरु, एमालेले केन्द्रीय सदस्यमा पराजित भएयता जिम्मेवारीबिहीन बनाएका सगरमाथा अञ्चलका नेता सुरशे कार्की पार्टी परित्याग गर्ने तयारीमा भएको कुरा भने सत्य भएको बताइन्छ ।

रमाइलो पनि कस्तो कस्तो हुन्छ भने, एमालेको आठौं महाधिबेशनका प्रतिनिधि र त्यसबेला केन्द्रीय सदस्य उठिदिएको मात्रै भए पनि राम्रोसँग जित्ने अवस्थाका राजकुमार लेखी पार्टी फर्किनु र काममा लाग्नु एमालेका निम्ति गर्वकै कुरा हो । तर, आदिवासी जनजाति महासंघको अध्यक्षबाट हालसालै निवर्तमान भएका लेखीको नेपाल नागरिक पार्टीको तर्फबाट लेखीसहितको समूह एमाले फर्किने र त्यसका लागि चलिरहेको वार्तामा सदस्यका हैसियतले पत्रकार राजकुमार रेग्मी सक्रिय छन् । पहिला काँग्रेस पृष्ठभूमिका रेग्मी पनि एमाले प्रवेश गर्दा उनी धेरैमा केन्द्रीय सदस्य र थोरैमा पनि केन्द्रीय प्रचार विभाग सदस्य हुने स्थिति छ ।

यस्तो अवस्थामा गोपाल थपलिया, शम्भु श्रेष्ठ, कुन्दन अर्याल, गोपाल बुढाथोकीहरुले कसरी रेग्मीलाई नेता स्वीकारर्लान ? अहिले एमाले पत्रकारबीच ठट्टा चल्न थालेको छ । बल्ुखमा गत साताभरि अर्को आतंक छायो, दृष्टिका सम्पादक शम्भु श्रेष्ठबारे । तीनचोटी प्रेस चौचारीको अध्यक्ष रहिसकेका र अहिले पनि केन्द्रीय प्रचार विभागमा रहेका सदस्य हुन उनी । शम्भु एमाओवादीमा प्रवेश गर्ने हल्ला पेरिसडाँडामा फिँजियो । ‘बाख्रा हराउनु र स्याल कराउनु’ भनेजस्तै अघिल्लो मंगलबारको दृष्टिमा ‘शान्तिप्रक्रियाको बाधक एमाले काँग्रेस’ शीर्षकमा प्रचण्डको फोटो सुरुमा हालिएको समाचार आयो । त्यसमध्ये पाल्पा पुगेका शम्भुलाई पुराना सहकर्मी पत्रकार प्रमोद दाहालले फाने गरी सोध । शम्भुको जवाफ थियो, ‘अब झलनाथ, माधब नेपाल र केपी ओली माओवादी प्रवेश गर्दैछन् । उनीहरु नै माओवादी भए पार्टी कसले चलाउने ? प्रवेश गर्ने भनेको तिमी हामी नै त हो नि Û’ शम्भुको यस्तो जवाफ सुनेर प्रमोद तीनछक्क परे । शम्भु जिस्किएका थिए । हिजो भने, ‘मेरोबारे यो जुनीमा यो कल्पना गर्नेहरु त्रिशूलीमा हाम्फाले हुन्छ ।’