नेपालका पाँच गुन्डानाइकेको ठेगाना नै गलत परे पछि! हेर्नुस् भिडियोसहित

ठेक्कापट्टाको कमिसनदेखि व्यापारीलाई धम्क्याएर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्तित पाँच डनविरुद्ध मुद्दा चलाएको मंगलबार १७ दिन बितेको छ । तैपनि, अदालतले उनीहरूलाई अझै म्यादपुर्जी बुझाउन सकेको छैन । पाँच गुन्डानाइकेले अवैध रुपमा करोडौं रुपैयाँ कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको दुई साता बित्दा पनि तीमध्ये एकैजनाले अदालत उपस्थित हुनुपर्ने म्याद बुझेकै छैनन् । जिल्ला अदालतका तमिलदारले पाँच जना डनको घर पत्ता लगाउन नसकेका कारण म्यादपुर्जी बुझाउन सकेका छैनन् । सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाउँदा डनहरूको स्थायी र अस्थायी घर ठेगाना बताए पनि उनीहरू फेला पर्न नसकेका कारण म्यादपुर्जी बुझाउन नसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । व्यापारी अपहरण गरी उनीहरूबाट लिएको फिरौती रकम, ठेक्कापट्टाबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको जिकिर गर्दै गत ५ जेठमा विभागले डन गणेश लामा र उनकी पत्नी लक्ष्मी, राजीव गुरुङ उर्फ दीपक मनाङे र उनकी पत्नी पासाङ, चक्रे मिलन र उनकी पत्नी इन्द्रा, कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेत र उनकी पत्नी अञ्जु, तथा अभिषेक गिरी र उनकी पत्नी अनिषाविरुद्ध मुद्दा दायर गरेको थियो ।




पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।