हात्ती र चितुवासँग जंगलमै हुर्किएकी बालिका (फोटो फिचरसहित)

उनका लागि जंगली हात्ती आफ्नै दाइ सरह थिए र हिंश्रक चितुवा सबैभन्दा मिल्ने साथी । जिवनका बाल्यकालका १० वर्ष घनघोर जंगलमा बिताएकी टिप्पी बेन्जामिन ओकान्टी डेग्रे आफ्ना फोटोग्राफर बाउआमाको साथ लागेर जंगल पसेसँगै दश वर्ष जंगलमै बिताइन् । नामिबियामा जन्मेमी टिप्पी अहिले २३ वर्षकी भैसकेकी छिन् र फ्रान्समा बस्दै आएकी छिन् ।



साँच्ची कुनै काल्पनिक तथा बनाबटी दृश्य जस्ता लाग्ने यी तस्वीरहरु वास्तविक हुन् । यी साहसी बालिकाको जंगली जिवनका दृश्य र हिंश्रक वन्यजन्तुसँगको हेलमेलका तस्वीर हेर्दा आङ नै जिरिंग हुन्छ । उनी भिमकाय जंगली हात्तीको सुँडमा तथा पिठ्युमा बसेकी छिन्, डरलाग्दो सर्पलाई सुम्सुम्याएकी छिन् अनि चितुवासँग मज्जाले खेलेकी छिन् । उनको यो अद्भुत जिवनलाई समेट्ने एक पुस्तकमा समावेश गरिएका छन् यी तस्वीरहरु । पुस्तकको नाम हो टिप्पी : माइ बुक अफ अफ्रिका । छोरीलाई जंगलमा अभ्यस्त बनाउँदै आफुले अफ्रिकाका जंगल चहार्ने दम्पती सिल्भी र अलियानले यो पुस्तक तयार पारेका हुन् ।