सुनको मूल्यमा उतार-चढाव यथावत, तोलामा ४ सय रुपैयाँ घट्यो

२२ जेठ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यमा उतार-चढाव आउने क्रम जारी रहेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ८ सय ५० रुपैयाँ तोकेको छ ।



मंगलबार तोलामा ६ सय ५४ रुपैयाँ बढेर ५२ हजार २ सय ५४ रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँ घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ६ सय ५४ रुपैयाँ बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने बुधबार कुनै फेरबदल भएको छैन् । बुधबार बजारमा चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ रुपैयाँ बढेको थियो ।