११ वर्षीय बालक ३६ वर्षीय महिलाको सन्तानको बाबु !!

एजेन्सी । सुन्दा अचम्म लाग्ला ११ वर्षको एक बालक ३६ वर्षीय महिलाको सन्तानको बाबु बनेको छ भन्दा । तर न्युजिल्याण्डमा यस्तै घटना भएको छ । न्युजिल्याण्डमा ११ वर्षीय बालक उनका आफ्नै साथीको आमाको सन्तानको बाबु बनेका छन् ।



साथीकी आमासँगको अनैतिक सम्बन्धपछि महिलाले सन्तान जन्माएपछी ११ वर्षीय बालक बाबु बनेका हुन् । यो घटनासँग न्युजिल्याण्डमा नयाँ बहस सुरू भएको छ । ती महिलालाई अब यौन अपराधको मुद्धा चलाउने या नचलाउने भन्ने विषयमा बहस सिर्जना भएको छ । बालक यौन दुर्व्यवहारको आरोपमा ती महिलालाई मुद्धा दायर गर्नुपर्ने कतिपयको भनाई छ भने प्रहरीले उपयुक्त उजुरी कर्ताको खोजी गरिरहेको छ ।

केही वकिलहरुले समेत ती महिलाविरुद्ध मुद्दा दायर गर्नुपर्ने बताइरहेका छन् ।

यो घटना तबमात्र सार्वजनिक भएको थियो जब ती बालकले विद्यालयका प्रधानाध्यापकसँग यसबारे कुरा गरेका थिए । ती बालकले साथीकी आमाले आफूसँग यौन सम्बन्ध राखिरहेको र आफूले भने त्यसबाट छुटकारा पाउन चाहेको बताएपछी मात्र घटनाबारे पर्दा खुलेको हो ।

न्युजिल्याण्डको कानुनमा बलात्कारको घटनामा २० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । यदी ती महिलामाथीको मुद्धा दायर भइ उनलाई दोषी ठहर्याइए उनीमाथी पनि यस्तै प्रकृतिको सजाय हुने बताइएको छ ।

source:opposingviews