सिंगो परिवार नै लागुऔषध तस्करीमा !
१० असार, काठमाण्डौं । सिन्धुपाल्चोक घर भई काँडाघारी बस्ने गम्भीरमान श्रेष्ठको परिवारको कथा हो यो । लागुऔषध नियन्त्रण व्युरोका अनुसार श्रेष्ठ परिवारका चारजना अहिले जेलमा छन् । जेल आउने जाने भइरहन्छ, तर उनीहरुले कारोबार छाडेका छैनन् ।
दुई छोरी उर्मिला र सीता गत ३० जेठमा नियन्त्रित औषधि बु्रपेनफिर्न र डाइजेपामसहित पक्राउ परेका छन् । पटक पटक पक्राउ परे पनि छुटेलगत्तै उनीहरु कारोबारमा लाग्ने गरेको प्रहरीले जनाएको छ ।
लागु औषध सेवन गर्दा एक किशोर छोराको ज्यान गएपनि उक्त दम्पत्तीले पेसा नछोडेको नयाँ पत्रिकामा खबर छ । उक्त दम्पत्तीले ६ वटी छोरीलाई पनि कारोबारमा सामेल गराएका छन् । उनीहरुका छोरीहरुले लागुऔषध केहो भन्ने थाहा नपाउँदै ओसारपसारमा लागेका थिए । जान्ने भएपछि कोहीले बिहे गरी गए पनि दुई छोरीले भने बुवाआमाको बिँडो थाम्दै कारोबारलाई निरन्तरता दिएका थिए । दुई छोरीहरु तेस्रो पटक पक्राउ परेका थिए ।
उनीहरुको बिहेपछि ज्वाईहरुलाई पनि सोही पेसामा सामेल गराएका थिए । उनीहरुसँगै श्रीमान पनि पक्राउ परेपछि दोस्रो बिहे गरेका थिए । दोस्रो पटकका श्रीमान पनि पक्राउ परेपछि उनीहरुले व्याईफ्रेन्ड बनाउँदै हिँड्न गरेका छन् । उक्त परिवार १२ बर्षदेखि निरन्तर लागूऔषध कारोबारमा सक्रिय रहेको छ ।