इन्दिराले जोशिंदै सोधिन्-मलाई ठ्याक्क म्याच गर्ने ठिटा कोही छ ? (भिडियो)

काठमाडौं । पुस्तक विमोचन गर्ने नयाँ शैली । राजधानीको भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनी स्थलमै फाइन प्रिन्टले पुस्तक विमोचनसँगै कन्सर्ट पनि आयोजना गरेको थियो । शनिबार पुस्तक मेला हेर्न जानेहरुले धित मर्नेगरी कन्सर्ट हेरे ।

फस्ट लभ नामक पुस्तकसाग मिल्दोजुल्दो प्रस्तुतिमा गायकगायिकाले त्यहाँको माहोल नै तताए । त्यसमा पनि सबैभन्दा आकर्षक गायिका थिइन्-इन्दिरा जोशी ।



छोटो मिनीस्कर्ट र माथि टाइट वस्त्र लगाएकी जोशीले मञ्चमा उक्लने बित्तिकै ठिटाहरुलाई जोशिलो बनाइदिइन् । चोली घाँघर र उध्रेको चोली गीत गाउँदा उनले वरपर आाखा सन्काउँदै, औंलो तेर्साउँदै भनिन्- ‘मलाई म्याच गर्ने ठिटा कोही छ ?’ ठिटाहरु पनि के कम ‘म छु म….भन्दै बुरुकबुरुक उफ्रे ।’ इन्दिराले गीतको भावसँग मिल्ने गरी ठिटाहरुको जोश बढाएकी दिईन् । यस्तै कार्यक्रममा शिवानी मोक्तानेले पनि आफ्नो प्रस्तुति दिएकी थिइन् ।

हेर्नुस् भिडियो

`

यस्तै गायक धमेन्द्र सेवानका गीतमा पनि दर्शक मजैले झुमेका थिए ।