बिरामी बहिनीहरुका बेडमै बिलौना, न्याय माग्दा पेटमा लात्ती र लाठी (फोटोफिचर भिडियोसहित)
२१ जेठ, काठमाडौं । २४ घण्टापछि होसमा आउँदा सीता चौधरीले आफूलाई अस्पतालको बेडमा पाउनुभयो । चलमल गर्नै नमिल्नेगरी ज्यान दुखेको छ । वरपर साथीसंगी र आफन्त । सिरानीमा औषधि र पानीका बोतल । एकछिन सकीनसकी यताउता हेरेपछि उहाँलाई याद आयो-अघिल्लो दिन सबै साथीसंगी मिलेर सिंहदरबार दक्षिणढोका जाँदै गर्दा प्रहरीले बेस्सरी कुटेको थियो । दया न मायासँग प्रहरीले कुट्दा उहाँ सडकमै ढलेर बेहोस हुनुभएको थियो । आफूसँगै आएका अरु चारजना साथी पनि यसैगरी थलिएको सुनेर उहाँलाई बेडमा बसिरहन मन लागेन । कुर्न बसेका साथीहरुको कुरा नसुनी उहाँ आफूभन्दा अलि पर कुनाको बेडमा सुतिरहेकी बिरामी साथी उर्मिलालाई भेट्न जानुभयो । दुवैसाथी एउटै बेडमा अंगालो मारेर धेरैबेर बसिरहे ।
दुवैलाई उस्तै दुखेको छ । न बोल्न मिल्छ । न हिँड्न र उठ्न । न्याय र अधिकार माग्दै सडकमा पुग्दा प्रहरीको लात्ती र लौरो भेटेका दुवैको व्यथा एउटै । सीता र उर्मिलालाई छुट्टनि मन नै छैन । साथीभाइ र आफन्तले बल्लतल्ल सम्झाईबुझाई उर्मिलालाई उठाए ।
साथीहरुको हात समातेर बल्लतल्ल उर्मिला आफ्नो बेडमा पुग्नुभयो र नाकमा अक्सिजन राखेर फेरि लम्पसार परेर सुत्नुभयो । आफूलाई अंगालो मारेर गएकी उर्मिलालाई हेर्दै सीता पनि पल्टनुभयो ।
कञ्चनपुरकी सिता र दाङकी उर्मिला मात्रै होइन, आइतबार सिंहदरबार घेराउको क्रममा प्रहरीले निर्घात कुटपीट गर्दा कञ्चनपुरकी मिना चौधरी, कैलालीकी सुजाता चौधरी र कैलालीकै कमला बिक पनि सिकिस्त बिरामी हुनुभयो । उहाँहरु सबै अहिले अस्पतालको बेडमा हुनुहुन्छ ।
‘सबै साथीहरुलाई पेटमा लात्ती र लौरोले हानेको डाम छ, उहाँहरु बोल्न सक्नुहुन्न’ कुर्न बसेकी मञ्जु चौधरीले अनलाइनखबरसित भन्नुभयो-’कहिले होसमा आउनुहुन्छ, फेरि बेहोस भैहाल्नुहुन्छ ।’
आफूजस्तै किशोरी सृजना चौधरीको हत्यामा संलग्नलाई कार्वाही र न्यायको माग गदै मुक्त कमलरीहरु सात दिनदेखि राजधानीमा छन् । तर सरकारले उनीहरुको कुरा सुनेको छैन । ‘माग पूरा नहुँदासम्म आन्दोलन रोकिँदैन’ कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समितिका सचिव सन्तोष दहितले अनलाइनखबरसित भन्नुभयो-’जतिसुकै दमन भएपनि हामी पछाडि हट्दैनौं ।’
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।