उत्तराखण्डमा मृत्यु हुनेको संख्या ६ सय, साठी हजार अलपत्र
८ असार, भारत । भारतको उत्तराखण्डमा बाढी र पहिरोमा परी हराएका नागरिकको खोजीलाई भारतका उद्वारकर्मी र सुरक्षाकर्मीहरुले व्यापकता दिएका छन् ।
गङ्गा नदीमा आएको बाढीबाट भएको क्षतिको नजिक भारतीय सुरक्षाकर्मीहरु अझै पुग्न नसकेको भए पनि शनिबारसम्ममा थप शव भेटिएको र बाढीको चपेटामा परेका स्थानहरुको पहिचान भएको बताइएको छ । पहिरो र बाढीबाट शनिबारसम्म कम्तीमा पनि ६०० जनाको ज्यान गइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको हिमालयन राज्य उत्तराखण्डमा केही दिनअघिको मौसमी बाढीका कारण अझैपनि के कति मानिस हराइरहेको वा मारिएका छन् भन्ने बारेमा यकिन भइनसकेको पनि समाचारमा उल्लेख गरिएको छ । अधिकारीहरुले बाढीमा परी छ हजारभन्दा बढी नागरिक अझैपनि बेपत्ता भएको समाचारमा जनाएका छन् । उनीहरुले ती मध्ये के कति हराइरहेका वा मारिएका हुन भन्ने बारेमा नै स्पष्ट नभएको पनि जनाएका छन् ।
हिन्दू देवताहरुको भूमिका रुपमा चिनिने सो राज्यको गङ्गा नदीका वरिपरिका घरहरु बाढीले बगाएको, सडक बगाइदिएको तथा नदीको पुलसमेत बगाएको सो समाचारमा जनाइएको छ । अहिलेसम्म सो बाढीमा हराएका कम्तीमा पनि ५७५ जनाको शव भेटिएको र शव भेटिने क्रममा जारी नै रहेको उत्तराखण्डका गृह सचिव ओम प्रकाशले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो क्षेत्रमा ६२ हजार ७९० जना तीर्थालु एवम् स्थानीय बासिन्दा अझैपनि अलपत्र परिररहेका छन् । सो सङ्ख्यमा पनि हराउने र मृत्यु भएकाहरु रहेको उहाँले बताउनुभएको छ । सो क्षेत्रको प्रसिद्ध देवस्थल केदारनाथ मन्दिर र त्यसको वरपरका क्षेत्रमा अझैपनि अलपत्र अवस्थामा शवहरु रहेको बताइएको छ । ती शव सङ्कलनका लागि सातजना चिकित्सक र उद्वारकर्मीको टोली त्यसतर्फ लागेका बताइएको छ ।
छ दिन अघिदेखि नै बाढीले अलपत्र पारेका हजारौँ नागरिकको उद्वारका लागि हजारौँ सैनिक र दर्जनौँ हेलिकोप्टर परिचालन गरिएको समाचारमा जनाइएको छ । स्थानीय नागरिकले हराइरहेको र मृत्यु भएका नागरिकको यथार्थ सङ्ख्या सरकारले लुकाएको बताएका छन् । उनीहरुले उद्वारका लागि सरकार सक्रिय हुन नसकेको आरोप पनि लगाएका छन् । रासस/एएफपी