प्रहरी स्कूलमा नाता र फरियावाद, हाकिमका अयोग्य पत्नी पाल्ने अखडा बन्दै प्रहरी स्कुल !!
नेपाल प्रहरीले संचालन गरेको सामाखुसीको विद्यालयमा अध्यापन गराउने अयोग्य शिक्षकहरूलाई हटाउने अभिभावकहरूको माग प्रहरी नेतृत्वले सुुनुवाई नगर्दा उक्त स्कुलको शैक्षिक गुणस्तर खस्किंदै गएको छ। सरकारी विद्यालयमा शिक्षक नियुक्त गर्दा तोकिएका मापदण्ड कुनै पनि पूरा नगरी दबाब र प्रभावका आधारमा राखिएका शिक्षकका कारण सामाखुसी प्रहरी स्कुलको शैक्षिकस्तर दिनदिनै खस्किंदै गएको छ। स्कुलको स्तर दिनदिनै खस्किदै गएकाले अभिभावकहरू चिन्ता प्रकट गर्दै विभिन्न निकायमा बर्षौदेखि हारगुहार गरिरहेका छन्। योग्य शिक्षक राखी स्कुलको स्तर सुधारको माग गर्ने अभिभावकहरूको सुनुवाइ गर्नुको सट्टा प्रहरी नेतृत्वले उल्टै कारबाहीको धम्की दिने गरेको गुनासो पोखेका छन्।
तर प्रहरी नेतृत्वले ती अभिभावकको पुकार सुनी न्याय दिनुको सट्टा अयोग्य शिक्षकहरूकै पक्षमा लागेपछि स्कुलको शैक्षिकस्तर सुधार्ने प्रयास अवरुद्ध हुन पुगेको एक अभिभावकले बताए। २०५५ मा स्थापित सो स्कुलमा उच्चपदस्थ प्रहरी र राजनीतिक व्यक्तिका श्रीमतीहरूलाई सोर्सफोर्सका आधारमा शिक्षक राखेकाले पढाइको गुणस्तर दिनदिनै खस्किंदै गएकाले ती शिक्षक हटाउन अभिभावकहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयका आयुक्तदेखि प्रहरी प्रधान कार्यालयमा समेत पुगिसकेका छन्। तर प्रहरी नेतृत्वले उनीहरूका मागबारे चासो नदिएको गुनासो अभिभावकहरूको छ। सूत्रका अनुसार, नेपाल प्रहरीका सन्ततिका लागि कल्याणकारी योजना अन्तर्गत स्थापित उक्त विद्यालयको शैक्षिक गुणस्तर खस्किएकाले कनिष्ट अधिकृतदेखि माथिका कसैले आफ्ना छोराछोरी त्यहाँ पढाउन पठाउँदैनन्।शुल्क महंगो भएर उनीहरूले त्यहाँ नपढाएका होइनन्, दबाबमा राखिएका अयोग्य शिक्षकहरूका कारण पढाइको गुणस्तर नभएकाले उनीहरूले अरु महंगा स्कुलमा छोराछोरी पढाउने गरेका हुन्। प्रहरीको उक्त स्कुलमा प्रहरी जवान र हवल्दारका छोराछोरीमात्र अध्ययन गर्दैआएका छन्। अपवादको रुपमा एक दुई जना इमान्दार असईस्तरका प्रहरीका सन्ततिबाहेक तल्लो दर्जाका प्रहरीका छोराछोरी मात्र अध्ययन गर्ने स्कुलमा सीमित सामाखुसी विद्यालयमा उच्च प्रहरी अधिकारीका अयोग्य श्रीमती र राजनीतिक दलका नेताहरूका आफन्तलाई शिक्षक राखिएकोले स्कुलको शैक्षिक गुणस्तर गिरेको गुनासो अभिभावकहरूको छ। शैक्षिक गुणस्तर नभएको गुनासो गर्ने तल्लो दर्जाका प्रहरीलाई कारबाही गर्ने धम्की दिएर मुख थुन्ने कोसिस प्रहरी नेतृत्वबाट हुँदै आएको पीडा अभिभावकहरूले पोख्ने गरेका छन्। दबाबका आधारमा राखिएका अयोग्य शिक्षकहरूलाई हटाउनका लागि पहल गर्नुको सट्टा अधिकृतस्तरका प्रहरीहरूले आफ्ना छोराछोरी अरु स्कुलमा पढाउने गरेकाले तत्काल त्यस्त अयोग्य शिक्षक हटाउन अभिभावकहरू आयुक्त कार्यालयमा अनुनय विनय गर्दैआएका छन्। source:canadanepal