खिलराज रेग्मीको घरमा प्रेसर कुकर बम फेला
१० असार, पाल्पा । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित पुर्खौली निवास पोखराथोकबाट ३० मिटर टाढा प्रेसर कुकर बम फेला परेको छ । नेकपा माओवादी क्रान्तिकारीको पर्चा सहित झोलामा दुई किलोको प्रेसर कुकर बम फेला परेको हो ।
बम फेला परेपछि डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बुटवलबाट झिकाइएको थियो । टोलीले अहिले बम डिस्पोज गरिसकेको छ । हिजोमात्र अध्यक्ष रेग्मी नेतृत्वको सरकारले आफ्नो सय दिन पूरा गरेको थियो ।नेकपा माओवादी -क्रान्तिकारी) लेखिएको पर्चा र कालो झोला राखिएको अवस्थामा अध्यक्ष रेग्मीका घर हेरालु श्रीराज थापाले देखेका थिए ।
झोला नजिकै खोल्सामा लगेर २२ नम्बर बाहिनी वुटवलका सहसेनानी मातृका कुंवर मगरको नेतृत्वमा आएको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।कालो झोला भित्र दुई लिटरको प्रेसर कुकर बम देखिएपछि त्यसलाई डिस्पोज गर्दा डेटोनेटर र गन पाउडर भेटिएको जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जानकारी गराएका थिए ।