अभिनेत्री केकी अधिकारी अब ‘साबित्री’
काठमाडौं – एमबिएको पढाइले फिल्मबाट फुर्सद लिएकी अभिनेत्री केकी अधिकारी सुटिङमा फर्किएकी छिन्। तर उनले छोटो विश्रामपछिको कामका लागि लामो होइन छोटो फिल्म नै छानेकी छिन्। केकी अहिले निर्देशक सुजित बिडारीको ‘सावित्री’ नामक छोटो फिल्म खेल्दैछिन्।
‘छोटो फिल्मको अनुभव बटुल्न काम गरिरहेकी हुँ। यसअघि पनि छोटो फिल्महरुमा धेरै अफर आएको थियो, तर स्त्रि्कप्ट भनेजस्तो पाएकी थिइनँ। तर यसको स्त्रि्कप्ट मलाई सोचेर तयार गरिएको रहेछ, मन पर्यो,’ उनले भनिन्।
निर्देशक बिडारीले भवानी भिक्षुको कथा ‘टाइपिस्ट’लाई पर्दामा उतार्न लागेका हुन्। ‘एउटा विवाहित महिलाको मनमा हुने अन्तरद्वन्द्वलाई फिल्ममा देखाइएको छ। सक्षम भइकन पनि महिलाले भोग्ने भिन्न परिवेशको पीडालाई चित्रण गरिएको छ,’ उनले भनिन्।
‘मसान’पछि दोस्रोपटक विवाहित महिलाको भूमिकामा देखिन लागेकी केकीलाई निर्देशन गर्ने कार्यमा सुजितलाई ‘मञ्जरी’की हिरोइन सुजाता कोइरालाले सघाइरहेकी छिन्। सुजाताको क्षमता देखेर केकी दंग छिन्। ‘उनी अभिनयमा मात्र नभएर निर्देशनको काममा पनि दक्ष भएको अनुभव गरेँ,’ केकीले भनिन्।
ओस्कार कलेज अफ फिल्म स्टडिजमा दोस्रो वर्षमा अध्ययरत सुजितले कलेजको फाइनल प्रोजेक्ट अन्तर्गत फिल्म निर्देशन गरेका हुन्। ‘फाइनल वर्षमा अध्ययरत दाइहरुको प्रोजेक्टमा हामीले सघाएका हौं। प्राविधिक भूमिकामा सघाईरहेका छौं। । भूमिकामा केकी दिदीले न्याय गर्न सक्ने देखेर सबैको समझदारीमा लिइएको हो,’ सुजाताले भनिन्।
तीनदिने फिल्मको सुटिङ दरवार हाई स्कुलमा भइरहेको छ। ‘सबैलाई फिल्म देखाउने सोचमा छौं। कलेजले साथ दियो भने हाम्रो इच्छा पूरा हुन्छ,’ निर्देशक सुजितले भने। फिल्ममा ‘बनफूल’नायिका मञ्जु देवकोटाले समेत अभिनय गरिरहेकी छिन्।स्रोत नागरिक न्यूज विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।