कोरिया जान नपाए प्राण त्याग गर्ने युवाहरुको धम्की

ईपीएस कार्यालय र श्रम मन्त्रालयमा तालाबन्दी गर्ने ११ असार, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान नपाए आमरण अनासनमा बसेर प्राण त्याग गर्ने कोरियन भाषा (ईपीएस) परिक्षा उत्तिर्ण यूवाहरुले घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले नेपाल सरकारकै कारण आफुहरु कोरिया जानबाट बञ्चित भएको आरोप लगाउँदै प्राण त्याग गर्ने सम्मको घोषणा गरेका हुन् ।

‘हामी कोरियामा काम गर्न जान बञ्चित भएमा आमरण अनासन बसेर प्राण त्याग्न तयार छौं’ माधव नेपाल भन्नुभयो- ‘नेपाल सरकारले हामीमाथी अन्याय गरेको छ ।’ सरकारले आफुहरुलाई कोरिया जाने वातावरण बनाउन लागि कुटनीतिक पहल गर्नुको सट्टा नयाँ परिक्षा लिने तयारी गरेको आरोप लगाउँदै उनीहरुले आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।



सन् २०११ मा लिइएको भाषा परिक्षामा १५ हजार ६ सय जना यूवाहरुलाई कोरियामा रोजगारीमा रोजगारीका लागि योग्य ठहर गरेको थियो । योग्य ठहरिएका यूवाहरुमध्ये अहिलेसम्म ८ हजार जना रोजगारीका लागि कोरिया पुगिसकेका छन् । बाँकी ७ हजार ६ सय यूवाहरुको अझै कोरियन कम्पनीबाट एगि्रमेन्ट लेटर आएको छैन् । एगि्रमेन्ट नआएका यूवाहरुले आफुहरु इपीएस पीडित भएको घोषणा गर्दै आन्दोलनमा उत्रिएका छन् ।

‘प्ाहिलाकै परिक्षामा भाषा परिक्षा उत्तिर्ण यूवाहरु कोरिया जना नपाइरहेको अवस्थामा सरकारले पुनः ८ हजार २ सय जनाको नयाँ परिक्षा लिने तयारी गरेको छ’ उनीहरुले भने- ‘सरकारले नयाँ परिक्षाको तयारी गर्दा आफुहरु अन्यायमा परेका छौं ।’ सरकारबाटै आफुहरु ठगिएको महशुस भएका कारण आन्दोलनमा उत्रिनुपरेको सरोज ढकालले बताउनुभयो । सरकारले यहि अक्टोबर महिनामा नयाँ परिक्षा लिने तयारी गरिरहेको छ ।

कोरियन भाषा परिक्षा पास गर्नु भनेको कोरियामा काम गर्न जान योग्य हुनु हो । कोरियन भाषा पास गर्दैमा कोरियामा काम गर्न जान पाइन्छ भन्ने हुँदैन् । तर, भाषा परिक्षा पास गर्नेहरुले कोरियामा काम गर्न जान नपाएमा आन्दोलन गर्ने धम्कि दिँदै आएका छन् । श्रम मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले चाहाँदैमा कोरियामा कामदार पठाउन सकिदैन् । कोरियन कम्पनीहरुले कामदारको माग गरेमा मात्र भाषा परिक्षा पास गरेका यूवाहरुलाई कोरिया पठाउन सकिने उनको भनाई छ ।

आफूहरुले समस्या समाधानको लागि श्रम मन्त्रीसँग पटक-पटक कुरा गर्न चाहे पनि बेवास्ता गर।ेको तेज दाहालले बताउनुभयो । त्यस्तै, टिका श्रेष्ठले कोरियामा रहेका अबैद्य नेपाली कामदारलाई नेपाल सरकारले फिर्ता ल्याएमा बैद्य रुपमा आफूहरु सहित हजारौ नेपाली कोरिया जान सक्ने अवस्था रहेको दाबि गर्नुभयो । तारा गुरुङले आफ्ना मागहरुको सुनवाई नभएमा ईपीएस कार्यालय र श्रम मन्त्रालयमा तालाबन्दी गर्ने चेतावनी दिए ।