वेश्यासँग रात बिताउने लोभमा परेका दुई रेफ्रीलाई जेल सजायँ
सिंगापुर – निःशुल्क वेश्यासँग रात बिताउने लोभमा खेल मिलेमतोलाई सहयोग पुर्याआएको अभियोगमा सिंगापुर अदालतले लेबनानका तीन फुटबल रेफ्रीमध्ये दुईलाई हिजो जेल सजायँ सुनाएको छ। तेस्रोको निर्णय भने आज हुने जनाइएको छ। जिल्ला अदालतका एक न्यायाधीशले सहायक रेफ्रीद्वय ३३ वर्षका अली इद र ३७ वर्षे अब्दुल्लाह तालेबलाई तीन महिनाको जेल सजाय सुनाएका छन्।

न्यायाधीशले मुख्य दोषी मानिएका रेफ्री अली साबाघको निर्णय भने आज सुनाउने बताए। कानुनी कारबाही चलिरहँदा हिरासतमा रहेका सहायक रेफ्रीद्वयको सजाय सकिसकेकाले सोमबार राती वा मंगलबार रिहा गरिने न्यायाधीशले बताउँदा उनीहरू घुँडा टेकेर अदालतमै रोएका थिए। हिरासतमा रहँदा गरेको असल व्यवहारका कारण पनि उनीहरूको सजाय घटाइएको थियो।
‘तिम्रो सजायबारे निर्णय लिन मलाई समय चाहिन्छ। तत्काल म तिम्रो सजाय ६ महिना जेल सजाय पनि मान्न तयार छैन,’ ३४ वर्षे रेफ्री अली साबाघबारे न्यायाधीशले भने।
सहायक सरकारी वकिल अशोका मार्कान्डुले अली साबाघलाई मुख्य दोषीका रूपमा बयान गर्ने क्रममा उनैले बाजीगर समूहसँग सम्पर्क गरी दुई सहायक रेफ्रीलाई वेश्याको प्रबन्ध मिलाएको अदालतमा दाबी गरेका थिए। एसियन कन्फेडेरेसन कप फुटबलअन्तर्गत अप्रिल ३ मा सिंगापुरको क्लब टाम्पिनेस रोभर्स र भारतको इस्ट बंगालबीचको खेलमा मिलेमतोलाई सघाउ पुर्या उन वेश्यासँग रात बिताएवापत तीन रेफ्री पक्राउ परेका थिए। मिलेमतोमा लागेको प्रमाण तत्काल मिलेपछि उनीहरूलाई अप्रिल ४ देखि सिंगापुरको चाङदी जेलमा राखिएको थियो। रेफ्रीहरूलाई वेश्या प्रबन्ध गर्ने सिंगापुरका ३१ वर्षे व्यापारी इरिक डिङ सी याङलाई पनि हिरासतमा राखिएको छ। उनीसँग अदालतले धरौटी माग गरेको छ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं