साहिमाले देखाउँदा जीवन भुतुक्कै (फोटो फिचरसहित)

काठमाडौं । गायिका साहिमा श्रेष्ठको जवानी बढ्दै गएपछि उनलाई पनि मस्त ीगर्ने जोश बढेछ । जवानीको कुरा नै हो बैंश भरिएपछि कसलाई के को लाज ? आखिर देखाउनु नै छ ।



क्लबमा गाउने केटी साहिमाले ग्राहक बनेर आएका जीवन लुइँटेलाई मस्ती गरौं न साथी भन्दै छोटो र पातलो लुगाए देखाएपछि जीवन भुतुक्कै भएछन् । ढल्की जाने दुई दिने हो यो जवानी भन्दै गायिका श्रेष्ठले छोटा र पातलो लुगा लगाएर गीत गाउँदै नाच्दै गर्दा उनको जवानी छताछुल्ल पोखियो । उनको जवानीलाई हेर्नेको भीड त छँदै थियो तर अभिनेता जीवन लुइँटेलले आफ्नो मात्तिएको पनलाई साहिमाको अँगालोमा बाँधे ।



तर बीचमा साहिमा र जीवनलाई छुटाउने दाउमा भने ड्रिङ्सले मातिएकी सुप्रियाले भाँजो हाले पनि साहिमा र जीवनको प्रेम सफल दिशामा अघि बढ्यो । माथिका कुराहरु हेरेको हेरेकै म हुन्छु होला बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका साहिमा श्रेष्ठको दोस्रो एल्बम ‘मस्ती’ को सुटिङका क्रममा भएका घटनाहरुलाई समावेश गरिएको हो । निर्देशक समन अधिकारीको निर्देशनमा तयार पारिएको मस्ती मस्ती गरौं न साथी बोलको गीतको म्यूजिक भिडियोमा विदुर पाण्डेको छायाँकन रहेको छ । रेखा पौडेलेको शब्द संगीतमा तयार भएको गीत मस्तीमा दरबारमार्गको किङ्स क्लबमा सुटिङ गरिएको हो । यसमा निर्मल गुरुङको कोरियोग्राफ रहेको छ भने जीवन र साहिमाले यस म्यूजिक भिडियोमा मुख्य अभिनय गरेका छन् । पहिलो एल्बम ‘साहिमा’बाट आधुनिक गायनको यात्रामा परिचय स्थापित गराएकी गायिका श्रेष्ठले यो एल्बममा भने सबै डान्सिङ बिटका गीतहरुलाई प्राथमिकता दिएकी छिन् ।



भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |