पौडी खेल्न जाँदा जर्मनीमा नेपाली युवतीको मृत्यु !

१२ असार, काठमाडौ । जर्मनीमा एक नेपाली युवतीको मृत्यु भएको छ । काठमाडौ घर भए‍की कञ्चन गुरूङको पौडि खेल्न जाँदा डुबेर उनको मृत्यु भएको बताइएको छ ।



क्रिच स्ट्राबे १२ ए ३८१२० ब्राउनसवेगमा अउ पेयरको रूपमा बस्दै आएकी गुरूङको गत सोमबार बिहान स्विमिङ पुलमा शव फेला परेको थियो । कान्चन अउ पेयर रहेको गेस्ट फ्यामिलीसँग कुरा गर्दा उनीहरूले राती स्विमिङ गर्न गएको बेला डुबेको दावी गरेका छन् ।

यस विषयमा नेपाली राजदुतावासलाई कुनै जानकारी नभएको दुतावसले जनाएको छ ।गुरूङको शव स्विमिङ पुलमा स्विमिङ क्सट्युममा भेटिएको थियो । उक्त स्विमिङ पुलको बाहिर र भित्र उनको जगिङका लागि प्रयोग हुने कपडा समेत भेटिएको बताइएको छ ।nepaliheadlines