ट्रक र बस आपसमा टोक्किदा दुई जनाको मृत्यु

३ कात्तिक, हेटौडा । हेटौडामा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । अन्य २३ जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टा जादै गरेको रहेको ना २ ख ९० नम्बरको बससँग हेटौडाबाट चितवनतर्फ आउदै गरेको ना ४ ख १२३३ नम्बरको ट्रक हेटौँडा-नारायणघाट सडकखण्डको जयसिंमा गए राति एकापसमा ठोक्किँदा बसमा सवार दुई जना यात्रुको घटनास्थलमै ज्यान गएकेा प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा सङ्खुवासभा खाँदबारीका ३३ वर्षीय किशोर कट्टेल र सुनसरी इनरुवाका २६ वर्षीय वसन्त मेहता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको चितवन भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।