बच्चा स्याहार्दै राजेश र करिश्मा (फोटो फिचरसहित)
उसो त नायक राजेश हमाल अहिलेसम्म नै अविवाहित नै छन् । उनलाई भर्खरै जन्मेको बच्चालाई कसरी हुर्काइन्छ भन्ने अनुभव नहोला । तर एक छोरीकी आमा करिश्मा मानन्धरले भने बच्चा हुर्काइसकेकी छिन् । वास्तविक जीवनमा नायक हमाललाई बच्चा जन्माउने अनुभव नभए पनि पर्दामा भने उनले आफ्नो रहर पुरा गरेका छन् ।
चलचित्र ‘किन किन’ को पर्दामा नायक राजेश हमाल र करिश्मा मानन्धरको जोडीलाई बच्चा हुर्काउँदै गरेको अवस्थामा देख्न सकिन्छ । यि दुइले पर्दा भित्र जन्मिएको आफ्नो छोरालाई मजैले तेल लगाउँदै नुहाइदिएका छन् ।
उकेश दाहालको निर्देशनमा तयार भएको यो चलचित्र साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश र करिश्माको अलवा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापा, नव नायिका अरुणिमा लामाको मुख्य भूमिका छ ।
चलचित्रले यौन बिषयलाई मुख्य रुपमा उठान गरेको छ । पुरुष जस्तो सुकै उच्च पदमा पुगे पनि नाङ्गी युवतीको अघि सधै झुक्छ, ‘किन किन’ले यस्तै भाव बोकेको छ । चलचित्रमा नायक राजेश हमाललाई आधुनिक र ८० को दशकको गरी २ गेटअपमा देखाइएको छ । चलचित्रको प्रचारप्रसारसँगै यसको चर्चा पनि चुलिएको छ ।