एसएलसी फेल भएको झोकमा ३ जना छात्राद्वारा आत्महत्या

जेठ, काठमाडौं । प्रवेशिका परिक्षा एसएलसीमा अनुतिर्ण भएपछि मुलुकका विभिन्न स्थानमा तीजना छात्राले आत्महत्या गरेका छन । एसएलसीको नजिता सार्वजानिक भएलगत्तै रुकुम सदरमुकाम खलंगा ५ पिपलनेटाकी सुमित्रा केसीले आत्महत्या गरेकी हुन ।



खलगाको त्रिभुवन जनता उच्च माबि बाट एसएलसी दिएकी सुमित्राले चुङगीको पासो लगाएर आत्महत्या गरेकी हुन । सिन्दुपाल्चोकमा पनि सुनिता बस्नेत नामकी छात्राले फेल भएको झोकमा आत्महत्या गरेकी हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको टाडीमा रहेको स्काइ राइडर स्कुलवाट परिक्षा दिएकी १६ बर्षीया अनिशा अमगाइले आत्महत्या गरेकी छन । एसएलसीको नजिता सावृजानिक भएलगत्तै उनले घरभीत्रै डोरीको पासो लगाएर आत्महत्या गरेकी हुन ।

अल्लारे उमेरका केटाकेटी एसएलसीमा फेल हुदा बित्तिकै आत्महत्या गर्ने गरेको मनोविज्ञहरु बताउछन । शिक्षाबिद डा बिद्यानाथ कोइराला एसएलसीमा एक पटक असफल हुदैमा आत्तिन नहुने बताउछन ।