‘डन’ चक्रे मिलनसँग १ करोड धरौटी माग
२९ जेठ, काठमाडौं । विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति कमाएको आरोपमा ‘डन’ चक्रे मिलनसँग १ करोड धरौटी मागेको छ । बुधबार अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्धय न्यायाधीश मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले थुनछेक बहसपछि चक्रे मिलनकी श्रीमती इन्दिरा गुरुङसँग २ लाख धरौटी मागेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiP9qDobN1J2rfWSJc-cECaYfWtYc-C4I_4kf5M5CTG0S4VL5nd5BJGFsm8BNckF19vimfbONeXmYyMHqBPmUVQKFZSpYnHwwqzaHfBMI6GjfY_2E_rGKDhi7_Nd4jPsX0TP43Y_3E9zUG/s640/chakre-milan-1.jpg)
विशेषका रजिष्टार धिरबहादुर चन्दका अनुसार धरौटी बुझाएपनि चक्रे मिलन रिहा हुन छैनन् । उनी औषध मुद्दामा थुनामा थिए । उनकी श्रीमती इन्दिरा भने २ लाख धरौटी बुझाएर रिहा भएकी छिन् । अदालत परिषरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चक्रे मिलनले आफूलाई फसाइएको दावी गरे । आफूसँग अवैध सम्पत्ति नभएको दावी गर्दै उनले भने-’राज्यले मलाई फसाउन खोजेको मात्र हो । म निर्दोष हुँ ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ करोड ८ लाख १७ हजनार २ सय २६ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दावी गरेको छ । विभागले उनी र उनको श्रीमती इन्दिरा गुरुङको नाममा विभिन्न स्थानमा रहेको घरजग्गा, सम्पत्ति र बैंक ब्यालेन्स जफत गर्न माग गरेको छ । लागू औषध मुद्दामा डिल्लीबजार कारगारमा रहेका उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो । परशुरामलाई छुटाउन युवा संघले रकम संकलन गर्ने
यसैबीच अर्का डन परशुराम बस्नेतलाई छुटाउन युवा संघ नेपालले धरौटी रकम संकलन गर्ने भएको छ । युवा संघको बैठकले अदालतले मागेको २ करोड धरौटी रकम जुटाउन पहल गर्ने निर्णय गरेको हो । युवा संघका अध्यक्ष महेश बस्नेतले राजनीतिक प्रतिशोधका कारण बस्नेतविरुद्ध मुद्दा चलाइएको दावी गर्नुभयो ।
विभागले गणेश लामा, परशुराम बस्नेतसहितका ५ जनाविरुद्ध जेठ ५ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये अदालतले मागेको २ करोड धरौटी नबुझाउँदा विराटनगरका परशुराम बस्नेत जेल चलान भएका छन् भने ३ जना फरार छन् ।