एसएलसीको नतिजा प्रकाशित ४१.५ प्रतिशत उतीर्ण ?
२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन गर्नुअघि नै कार्यालयले आफ्नो वेवसाइटमा नतिजा राखेर परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार परीक्षामा ४१.५ प्रतिशत उतीर्ण भएका छन् । कार्यालयले यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np, , शिक्षा विभागको www.doe.gov.np , परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np , नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।