छुटेपछि फेरि अपराधमा
काठमाडौं, जेष्ठ २८ - सरकारले राष्ट्रिय दिवस र दसैंका बेला आममाफी दिने गरेका कैदी छुटेपछि पुनः त्यही अपराध दोहोर्याउने गरेको भेटिएको छ । प्रहरीका अनुसार धेरैजसो चोरी र डकैतीका मुद्दामा कैद सजाय काटेका व्यक्ति यसमा संलग्न छन् । पछिल्लो समय प्रहरीले यस्ता अपराधमा पक्राउ गरेका व्यक्तिमाथिको अनुसन्धानले यस्तो देखाएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार डाँका मुद्दामा पक्राउ परेर जेल परेका रामेछाप टोकरपुरका भोजबहादुर थापामगर दुई वर्षअघिको लोकतन्त्र दिवसमा सरकारले आममाफी दिूदा छुटेका थिए । तर त्यसको केही महिनापछि अपराध महाशाखाले मातातीर्थमा डकैती गर्दागर्दै पक्राउ गर्यो ।
डकैती मुद्दामा ७ वर्ष सजाय तोकिएका उनी ५ वर्षमा चालचलन र व्यवहार राम्रो भएको भन्दै कारागार विभागको सिफारिसमा गृहमन्त्रालयले रिहा गरेको हो । २०६८ वैशाख ११ मा छुटेका मकवानपुरका विष्णु लामा र सीताराम तामाङ पनि पुनः समातिए । यिनीहरूलाई पनि राज्यले आममाफी दिएको थियो । सरकारले पछिल्लो वर्ष चोरी र डकैती मुद्दा लागेर कैद काटिरहेका ६० जनालाई आममाफी दिएको थियो ।
गल्ती गरेपछि सुधार गर्नका लागि कारागार चलान गरिने भए पनि कारागारमा रहेर सुधि्रनेभन्दा बिगि्रने धेरै हुने गरेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार कारागारमा गएपछि उनीहरू त्यस्तै अपराधीको संगतमा पर्छन् । 'सामान्य चोरीको मुद्दामा पुर्पक्षका लागि वा कारागार चलान भएर गएको व्यक्ति त्यहाूबाट निस्कूदा खुंकार चोर वा डाूका भएर निस्कन्छ,' अपराध महाशाखाका एक अधिकारीले भने, 'कारागारभित्रको उसको संगतले उसलाई अपराधप्रति उत्प्रेरित गरिरहेको हुन्छ ।'
प्रहरीका अुनसार धेरैपटक कारागार गएको व्यक्ति चोरहरूको 'सर्कल' मा टोली नेता बन्छ । उसले बाहिर आएपछि टिम बनाएर अरूलाई चोरी गर्न पठाउूछ र त्यसबाट कमिसन लिने गरेको प्रहरीले जनाएको छ । पहिलोपटक पक्राउ परेर कारागार चलान भएपछि अदालती प्रक्रिया वकिल खर्च ऋण काढेर जुटाउने र पछि त्यो तिर्नलाई अपराधमा लाग्ने गरेको प्रहरी बताउूछ । हामीले समातेर ल्याएपछि अन्तिमपटक चोरी गरेर राम्रो काम गरेर गरिखान खोजेको थिएू, समातिदिनुभयो भन्छन्,' अपराध महाशाखाका ती अधिकारीले भने, 'पेसेवर रूपमा नै चोरी/डकैतीको काम गर्नेहरू प्रशस्त छन् ।'
प्रहरीका अनुसार राजधानीमा डकैती र चोरी गरेर हिंड्ने ६ वटा समूहका ५० जना पटके छन् । यसमा एकपटक पक्राउ गरेर अदालत पठाएपछि धरौटीमा रिहा हुने र कारागार चलान भएर छुटेपछि पनि यही धन्दामा फर्किनेहरू छन् । यसमा राजधानीको चक्रपथ बाहिरका क्षेत्रमा एकताका डकैती गरेर आतंक मच्चाएको रोमन समूहका ५ जना पटके हुन् । यसमा काभ्रेका मनराज तामाङ, ज्ञानु तामाङ, मकवानपुरका डिलबहादुर सन्त्याल, नुवाकोटका सागर तामाङ र शिवबहादुर तामाङ छन् ।
यो समूहले नेपाल प्रहरीका डीएसपी कल्लरसिंह थापा, भोजराज गौतमको घरमा डकैती गरेका थिए । यस्तै गोठाटारका कृष्णप्रसाद घिमिरे र बौद्धका ज्याक्पा लामाको घरमा भएको डकैतीमा समेत यही समूह संलग्न थियो ।
६ वटा डकैती घटनामा संलग्न रहेको ज्ञानबहादुर बलामीको समूह पनि पटके समूह हो । समूहका नायिके ज्ञानबहादुर ३ पटक कारागार गएर छुटेका व्यक्ति हुन् । यी बाहेक महेन्द्र घर्ती, इमानसिंह घर्ती, भीमबहादुर घर्ती, सत्यमान तामाङ र सार्की भन्ने धावा तामाङ डकैतीमा रहेको प्रहरीले जनाएको छ । यिनीहरूले २०६४ देखि २०६७ को बीचमा राजधानीमा झन्डै २ करोड ५० लाख बराबरको डकैती गरेका छन् । रातको समयमा हतियारसहित गएर परिवारका सदस्यलाई बन्धक बनाई डकैती गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आफ्नो रेकर्डमा राखेअनुसार रामेछाप डाूका समूह जसले राति र दिउूसो चोरी गर्छ । यो समूहका दसजना पटके छन् । रामेछाप टोकरपुर र गोश्वारा गाविसका यिनीहरूले घरको रेकी गरेर समूह बनाई चोरी गर्ने गरेको अपराध महाशाखाले जनाएको छ । यो समूहमा रहेकाहरू पदमबहादुर थापामगर
इन्द्रबहादुर, भोजबहादुर, मीनबहादुर, कमलबहादुर र अमरबहादुर, दिलीपबहादुर र ज्ञानबहादुर थापामगर छन् । यस्तै रोहित थापामगर र गोपाल बम्जन यो समूहका सदस्य हुन् । दिउूसो घरमा कोही नभएका बेला चोरी गर्ने समूह दोलखाको शैलुङ्गेश्वरीका दस चोर पनि पटके हुन् । भारतबाट आएर सटर फोडी सुन तथा चाूदीका गरगहना डकैती गर्नेहरू पनि पटके रहेको प्रहरीले जनाएको छ । सटर काट्ने वेल्डिङ मेसिन नै लिएर हिंड्ने समूहका १२ जना पटके छन् । भारतबाट नै आएर दिउूसोको समयमा चोरी गर्ने राम पुनित समूहका ६ जना पनि पटके हुन् ।