भारी नबोकेको आरोपमा दलित बालक कुटिए,बालक गम्भिर घाइते

३० जेठ, बाजुरा । बाजुराको विक काँडा गाविसमा भारी बोक्न नगएको भन्दै एक दलित बालम मरणासन्न हुने गरी कुटिएका छन् ।



काँडा ८ मा अस्थायी रुपमा पसल सञ्चालन गर्दै आएका जगबागेश्वरी २ का वकेन्द्र सिंहले स्थानीय १४ बर्षका मनोट नेपालीलाई आइतबार कुटपिट गरेका हुन् । आफूले भनेको बेला भारी बोक्न नगएको भन्दै सिंहले पसलनजिकै घर भएका प्रेम नेपालीका छोरा मनोजलाई घाडी गोठमा लगेर कुटेको प्रत्यक्षदर्शी चेत नेपालीले बताए । सिंहले केही दिनअघि मात्र नेपालीलाई डाब बजारबाट आफ्नो सामान ल्याउनको लागि भनेर पाँच सय रुपैयाँ दिएका थिए । ‘साहुले भारी बोक्ने भनेको दिन शुक्रबार छोरा गाउँमा बाजा बजाउन गएका थिए, त्यसैले सामान लिन जान सकेन,’ पीडित बालकका आमा निञ्जनाले भनिन्, अन्नपूर्ण पोष्टमा खबर छ । भोलीपल्टै पैसा फिर्ता गर्न गएका मनोजलाई सिंहले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भिर घाइते भएका मनोज अहिलेसम्म पनि बोल्न सकेका छैनन् ।