दैनिक ५० भन्दा बढी गोली खान्छिन् ११ वर्षिय बालिका...(फोटोसहित)

९ जेठ, एजेन्सी । तपाईले एकदिनमा धेरैमा कतिवटा औषधी प्रयोग गर्नुहुन्छ ? सामान्यतया दैनिक रूपमा हामीले प्रयोग गर्ने औषधीको मात्रा ४-५ वटा हुन्छ । धेरैमा १० वटा सम्म होला तर, लन्डनमा बस्दै आएकी एक ११ वर्षीय बालिका दैनिक रूपमा करिब ५० वटा भन्दा बढी औषधी खान्छिन् । क्यान्सरबाट बच्नका लागि ११ वर्षीय इलिया थम्पसनले दैनिक रूपमा ५० वटा भन्दा बढी औषधी प्रयोग गर्ने गर्छिन् । उनले एकैपटकमा ११ वटा सम्म औषधी खाने गर्छिन् । ती औषधी एकैपटक चम्चामा राखेर खाने गरेको उनकी आमा बताउँछिन् ।



किमोथेरापी विधीबाट उपचार गराईरहेकी इलिया थम्पसनले प्रयोग गर्ने ती औषधी मिलाएर समयमा खुवाउन समेत निकै गाह्रो पर्ने गरेको उनकी आमाले बताएकी छिन् । उनको औषधी कुन र कति बेला खुवाउने भनेर थाहा पाउन समेत गाह्रो हुने गरेको उनकी आमाले बताइन् । उनी भन्छिन्, 'उनका औषधीको नामसँगै खुवाउने समय पनि लेखेर राखेका छौ । तरपनि कहिले काँही झूक्किन्छौ ।'

केही समय अघि छातीको इन्फेक्सन भएपछी उपचारका लागी पुगेकी इलियामा क्यान्सर देखिएपछी उक्त क्यान्सर निदानका लागि सो परिमाणको औषधी खाने गरेको उनकी आमाले बताएकी छिन् ।

उनलाई क्यान्सर लागेको करिब २ वर्षअघि अर्थात् सन् २०११ फ्रेबुअरीमा थाहा भएको हो र उनलाई त्यही समयदेखी नै उपचार गरिँदै आएको छ ।