कसले सुन्छ साउदीमा अलपत्र लिलारामको व्यथा
सहयोगको याचना
हुम सुनारी मगर
रियाद । पाल्पा गल्धा-२, गाबूडाँडाका ३१ बर्षिय लीलाराम सारुमगर सुन्दर सपना बोकी २१ महिना अगाडी बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगे । भाग्यको खेल भनौ या कर्मले ठगेको, जुन सपना बोकेर विदेश पसेका थिए , त्यो पुरा हुन सकेन । आफ्नो प्यारी अर्धांगिनी तथा एक छोरा र एक छोरीको सुन्दर भबिष्य निर्माण गर्ने उदेश्य बोकेर साउदी अरबिया छिरेका लीलाराम सोचे जस्तो भएन कम्पनीमा । कम्पनीबाट भने जस्तो तलब र सुबिधा नपाएपछि उनी अवैधरूपमा अन्यत्र काम गर्ने निर्णय गरी भगौडा कामदारको रुपमा अन्यत्र काम गर्न थाले ।
केहि महिना अवैध रुपमा अन्यत्र काम गर्दै आएपछि उनी बिरामी परेर थला परे । काम गर्न नसक्ने भएपछि उनी कामबाट पनि निकालिए । आफ्नो शरिरको स्याहारसम्म आफै गर्न नसक्ने भएपछि उनीसँगै काम गर्ने अन्य नेपाली दाजु भाईहरुले पनि उनलाई वास्ता गर्न छाडे । कसैको सहारा नपाएपछि उनी एक्लै कसैको सहाराको भिख माग्दै रियाद शहरको कुनाकुना सम्म बेवारिसे पाराले चहार्दै हिडे । दैवले उनको पीडा सुनेछन् क्यारे एक जना नेपालीले काम गर्ने पेट्रोल पम्पमा उनी पुग्यो । पेट्रोल पम्पमा काम गर्ने नेपालीको सहारा लिएर मनको धनि व्यक्तित्व समाजसेवी मोहन बानिया (म्याग्दी) को सम्पर्कमा उनी पुगे । मोहन बानियाजीले आफ्नै कोठामा लगेर लीलारामको स्याहार सुसार गरे । त्यति मात्रै नभएर बानियाले उनलाई लीलारामको स्वास्थ्य परिक्षणको लागि रियाद शहरको विभिन्न सरकारी तथा गैर-सरकारी अस्पतालहरुमा समेत पुर्याए । प्राय: सबै अस्पतालहरुले उनी अवैध रुपमा रहेको भनि नाम दर्ता सम्म गर्न अस्विकार गरेपछि मानवता भएको एक डाक्टर जो रियादको बथा नजिकै मुबारक अस्पतालमा कार्यरत रहेछन् डा मोहम्मद कोयाकोमा पुग्न सफल भएछन् ।
डा मोहम्मद कोयाले लीलारामको स्वास्थ्य परिक्षण पश्चात उनलाई ब्रेन ट्युमर भएको पत्ता लगायो । ब्रेन ट्युमरको उपचार मुबारक अस्पतालमा हुन नसक्ने भएपछि डा कोयाले साउदीको सरकारी अस्पताल, किङ खालिद अस्पतालमा रिफर गरे । लीलाराम अवैध रुपमा साउदीमा रहेको कारणले गर्दा किङ खालिद अस्पतालले उनलाई भर्ना गराउन अस्विकार गर्यो । लीलाराम अवैध रुपमा साउदीमा रहेको कारणले अव उनको उपचार कुनै पनि अस्पतालमा हुन नसक्ने निश्चित भएपछि लीलारामको नेपाल फिर्तीको लागि मोहन बानियाकै पहलमानेपाली दूताबास रियाद ल्याइयो । लीलारामको स्वास्थ्य स्थिति देखाएर उनलाई नेपाल पठाउन दूताबासको पहलमा सबै प्रकृया पुरा गर्यो ।
लीलारामको स्वदेश फिर्तीको लागि सबै प्रकृया सकिए लगत्तै उनको हवाई टिकटको लागि स्वयम् बानिया विभिन्न ट्रावल एजेन्सीहरुमा पुग्नु भयो । तर, ओमन एअरले बाहेक अरु कुनै पनि जहाजले उनलाई टिकट दिन मानेन । तर, ओमन एअरले पनि उनलाई बिशेष व्यवस्था गरि नेपालसम्म पुर्याउनु पर्ने भएको हुँदा साउदी रियाल १६ हजार ५ सय ४७ अथवा तीन लाख असि हजार पाँच सय एकासी नेपाली रुपैयाँ तिर्नु पर्ने बुझिएको छ । मोहन बानियाका छिमेकीहरुले यस्तो मान्छे अब यहाँ नराख्नु, अवैध मान्छेलाई तलमाथि भयो भने हामी सबैलाई समस्या पर्न सक्छ भने पछि बानियाजीले लीलारामको आफन्त काका मित्र सारुमगर जो रियाद देखि पन्ध्र सय किलो मिटर टाढा, सकाका रहनु हुनेलाई बोलाएर जिम्मा लगाउनु भयो । बुधबार मात्रै नेपाल आदिवासी जनजाति महासंघ साउदीका अध्यक्ष हुम सुनारी मगरलाई सम्पर्क गरी बिरामीको बारेमा जानकारी गराइयो ।
दूताबासको बाहिर सुताइएको लीलारामलाई भेट्न सुनारी मगर पुगेर महामहिम राजदूतसँग परामर्शगरि उनलाई नेपालसम्म पुर्याउने आवश्यक खर्च नजुट्दा सम्मको लागि दूताबासको पहलमा एम्बुलेन्स बोलाई समैसी अस्पतालमा राखिएको छ । लीलाराम सारुमगरलाई जति सक्दो चाँडो नेपाल फर्काउनको लागि अहिले साउदीमा स्थापित विभिन्न संघ संस्थाहरु, ब्यबसायी तथा विभिन्न व्यक्तित्वहरुमा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध समेत गरिएको छ ।