चिकित्सकको लापरबाहीले यौन क्षमता गुम्यो
नेपालगन्ज, जेष्ठ १० – अण्डकोषको शल्यक्रिया गर्नुअघि सम्म ३० वर्षीय खिमबहादुर बिकमा यौन शक्ति थियो । तर अप्रेसनपछि क्षमता पुरै गुमेको छ । अहिले पत्नीलाई यौन सुख दिन नसक्ने भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQjznsWdLywwKF1p3Rv5jzRMoEQYpzdViSCRQlMubBExff9SSS5wtF0hsAYCh2lSJ4ACl-91LanRn-Fenm9BmLXxJEkiHb9VbLm5T65N1SQE7nnTHwmDUQBpLs3eMlgIyeGmCDmN6GIZ6x/s320/dissatisfied-couple-in-bed-after-sex.jpg)
‘बाँच्नु न मर्नु जस्तो भयो,’ बाँके कोहलपुर-८ पिपरीका बिकले भने, ‘पत्नी सामुन्य जाँदा मरे तुल्य भए जस्तो लाग्छ ।’ अप्रेसनका बेला चिकित्सकले नसाहरु जथाभावि काटि दिएकाले लिङ्ग सुक्दै, खुम्चिदै गएर उत्तेजित हुनै छाडेपछि यस्तो अवस्थामा पुगेको उनले बताए ।
क्षमता गुमेपछि बिक करिब २ बर्षदेखि निकै मानसिक तनावमा छन् । ‘मनमा इच्छा जाग्छ । तर लिङ्ग झुत्रो कपास जस्तो छ,’ खिमबहादुरले भावुक हुँदै भने, ‘पत्नीको चाहना पुरा गर्न सक्दिन । अनि बाच्नु नै बेकार जस्तो लाग्दै छ ।’
अण्डकोषमा सामान्य खटिरा आएपछि उपचारार्थ यहाँस्थित बैष्णवी अस्पताल तथा रिसर्च सेन्टर पुगेका बिकलाई ०६८ पुस ५ गते मुत्ररोग बिशेषज्ञ तथा सर्जन सुरेशकुमार नागले ‘अण्डकोषमा पानी जमेको छ,’ भन्दै अप्रेसन गरेका थिए । चिरेपछि पानी नभएको पाइएकाले सिलाएर घाउ सुक्ने औषधी लेखे । अप्रेसन शुल्क ४ हजार ५ सय रुपैयाँ पनि फिर्ता गरे । ‘घाउसँगै लिङ्ग पनि सुक्दै र यौन शक्ति हराउँदै गयो’ पहिलेको अवस्था गुमाएर शक्तिबिहीन भएका बिकले दोस्रो पटक सल्लाह लिन जाँद डाक्टरको भनाई उदृत गर्दै भने,’ यो कुरा कसैलाई नभन्नु । औषधी खादै जानु ठिक हुन्छ ।’
तर समस्या झन बढ्यो । तेस्रो पटक डा. नागले बिकलाई लखनउ रिफर गरे । त्यहाँबाट पनि समस्या समाधान भएन । फर्केर टिचिङ अस्पतालमा जँचाए । ‘ त्यहाँबाट पनि पुराना कुरा बिर्सनु भन्दै फिर्ता गरे’ बिकले भने ।
तर भारतको दिल्लीको स्थित डा. राममनोहर लोहिया अस्पताका चिकित्सले गतल अप्रेसन भएको बताएका छन् । तर लेखेर दिन नसक्ने जवाफ दिएका छन् । उपचारमा निकै खर्च भएको छ । धेरै चिकित्सकले यस्तो समस्याको उपचार नेपालमा असम्भव भनेका छन् । उपचार सम्भाव नदेखेपछि बिकले बुधबार चिकित्सक बिरुद्ध प्रहरीमा उजुरी गरेका छन् । त्यस अघि प्रशासनमा पनि उजुरी गरेका थिए ।
अप्रेसनमा संलग्न सर्जन तथा मुत्ररोग बिशेषज्ञ नागले हार्मोनको कमि र मानसिक कारणले उक्त समस्या आएको हुन सक्ने बताएका छन् । उनले आफुवाट कुनै त्रुटि नभएको दावी गरे । उनले अप्रेसन गरेको भने स्वीकारे । ‘अलिकति खोलेर हेरौ भनेर अप्रेसन गरेको हो,’ डा. नागले भने, ‘अण्डकोषमा पानी रहेन छ । एक /दुई थोपा मात्र आयो । ‘बिरामीमा पहिले देखिनै त्यस्तो समस्या रहेको हुन सक्ने उनको शंका छ ।
ती युवा यस अघि सम्म यौन सम्पर्कमा कुनै कठिनाई नहुने गरेको बताउँछन । बिक २ सन्तानका बाबु हुन । अहिले पत्नी सामु निकै लाचार हुनपरेको बताउ छन् । ‘मनभित्र चाहना जाग्छ के गर्ने ? प्रहरी प्रशासन र दर्जनौ अस्पताल धाउदै हिडेका बिकले भने’ मेरो समस्या कसैले सुन्दैनन् बुझदैनन् ।’