हराएको ११ दिनपछि मृत फेला
१७ जेठ, स्याङ्जा । स्याङ्जाको बानेथोक देउराली गाविस- ४ भुरुङडाँडाका ५० वर्षका भुवनसिं खत्री घरबाट हराएको ११ दिनपछि मृत फेला परेका छन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार जेठ ५ गते घरबाट हराएका खत्री ११ दिनपछि हिजो साँझ स्थानीय टेकबहादुर खत्रीको घरको धनसारमा मृत भेटिएका हुन् ।
“टेकबहादुरको घरमा कोही पनि नबस्ने रहेछन्” प्रहरी निरीक्षक केसीले भन्नुभयो,- “खोजी गर्ने क्रममा उनको हिजो राति घरको धनसारमा शव भेटिएको हो ।” गाउँलेले दुर्गन्ध आएपछि के रहेछ भनेर खोज्ने क्रममा खत्रीको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
भेटिएको शव सडिसकेकोले अनुसन्धानमा निक्कै कठिनाइ भएको प्रहरीले बताएको छ । खत्रीलाई कसैले हत्या गर्यो या आफैँ मरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । रासस