चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्‍यु

चितवनमा सोमबार राती भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्‍यु भएको छ । पूर्वी चितवनको वीरेन्द्रनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्‍यु भएको छ ।

राजबिराजबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७९६१ नम्वरको वसले वीरेन्द्रनगरको खुरखुरेमा ना ११ प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा २ का ४७ वर्षीय पूर्ण विक र भण्डारा ७ का ५० वर्षीय सुकराम चौधरीको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

यस्तै खैरहनीमा रोकी राखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा कठार ८ का ३० वर्षीय शशी दराईको ज्यान गएको छ । राती साढे १० बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरहनी ५ सुर्तानामा ट्रयाक्टरमा ठोक्किएएको थियो । दराईको उपचाका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । घाइते भएका लामाको भरतपुरमा उपचार भैरहेको छ ।