इन्टरनेटबाट वेश्या हुँ भन्ने पुरुषलाई दुबईमा १ वर्ष जेल

१३ जेठ, एजेन्सी । दुबईमा काम गर्दै आएका एक फिलिपिनी नागरिकलाई दुबईको अदालतले १ वर्षको जेल सजाय सुनाएको छ । सामाजिक सञ्जालबाट आफू पुरूष वेश्या भएको भन्दै प्रचार गर्न थालेपछी उनलाई प्रहरीले पक्राउ गरी अदातलसमक्ष उपस्थित गराएको थियो ।



अदालतले दिएको १ वर्षको जेल सजायविरूद्ध अपिल गरेपनि उक्त अपिललाई समेत अदालतले फिर्ता पठाइदिएको छ । जेल सजाय पाउने व्यक्ति दुबईमा एक पसलमा सेल्सम्यानको काम गर्दै आएका थिए । ३० वर्षीय फिलिपिनी नागरिक आईजेड(छोटकरी नाम )लाई १ वर्षको सजाय सुनाउँदा उनीसँगै बस्ने अर्का ३९ वर्षीय साथी ईडी(छोटकरी नाम )लाई पनि ६ महिनाको जेल सजाय सुनाइएको छ ।

इडीलाई आफ्नो साथीलाई उक्त कार्यका लागी उक्साएको भन्दै ६ महिनाको जेल सजाय सुनाएको हो । प्रहरीले इडीले आइजेडसँग समेत

आफूलाई पुरूष वेश्या भएको बताउँदै इन्टरनेटबाट आफ्नो प्रचार गर्दै आएका उनलाई दुबई प्रहरीले एक साइबरबाट पक्राउ गरेको थियो । साइबर प्रहरीले आइजेडलाई आफ्नो प्रचार एक वेवसाइटमार्फत गरेको भेटेको थियो । जुन वेवसाइट अहिले बन्द गराइएको छ ।

उसले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलमा आफुले चाहेका मानिसको सूची तथा आफूले दिने सुविधाका सूची राखेको थियो । साथै आफ्ना केही भर्खर खिचिएका तस्विर तथा मोबाइल नम्बर समेत उक्त प्रोफाइलमा राखेको पाइएको थियो ।