पैसा लुट्न ड्राइभरले मारे एकै परिवारका ७ जना

९ जेठ, एजेन्सी । भारतको गाजियाबादको एक शहरमा एक ड्राइभरले एकै परिवारका ७ जना सदस्यलाई हत्या गरेका छन् । हत्या गर्ने राहुल शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।



राहुल शर्मा सम्पति लुट्ने योजनाले घरमा पसेका थिए । उनी घरमा पसेर घरको एक बालिकामाथी आफ्नो चक्कु तेर्स्याएर घरको सम्पति लुट्ने प्रयास गर्दा उनलाई घरको सदस्यले चिनेपछि जेल जाने डरले सबैको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकरी अनुसार राहुल व्यापारी सतीश गोयलका एक ड्राइभर रहेका थिए । गोयल परिवारसँग धेरै सम्पति रहेका कारण उनले उक्त घरमा निगरानी राखिरहेका थिए ।

करिब १० दिनपछि उनी घरमा राखेको सम्पति लुट्ने योजना बनाएका थिए । उनले घरबाट साँचो चोरेर करिब ४ लाख ५० हजार चोरेका थिए । पैसा चोरी भएको र उक्त रकम राहुलले चोरेको थाहा पाएपछि सतीशले राहुललाई कामबाट निकालेका थिए ।

उनलाई घरबाट निकालेका कारणले उनका सबै परिवारलाई हत्या गरेको प्रहरीले शंका गरेका छन् । प्रहरीले राहुललाई आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
तल बक्समा स्क्रल गरी भिडियो पनि हेर्नुहोस्।