आफ्नै पूर्व पत्नीसँग भिड्दै सैफ

हुनत यतिबेला बलिउड नायक सैफअलि खानको जीवनमा उनको पूर्व पत्नी अमृता छैनन् । अहिले सैफ नायिका करिना कपुरसँग घरजम गरेर बसेका छन् । तर सैफलाई उनको श्रीमतीले पिछा छोडेकी भने छैनन् ।शुक्रबारदेखी खानले अभिनय गरेका चलचित्र ‘गो गोवा और गन’ प्रदर्शनमा आएको छ । यो चलचित्र प्रदर्शनमा आएको एक साता पछि अर्को चलचित्र ‘औरंगजेब’ प्रदर्शनमा आउँदैछ ।
यो चलचित्रमा सैफकी पूर्व पत्नी अमृता सिंहको मुख्य भूमिका छ । सैफ र अमृता एकैसाथ पर्दामा भिड्न लागेको यो पहिलो घटना भने होइन । अमृताको सिनेमाले सैफको सिनेमालाई असर पार्ने पक्का छ । अमृतासँग पहिलो बिहे गरेका सैफले उनीसँगको डिभोर्स पश्चात दोश्रो बिहे गरेका हुन् । अमृता र सैफको बैवाहिक सम्बन्ध १४ बर्षसम्म चलेको थियो ।