दीपिकाको बच्चाको ‘गडफादर’ बन्ने रणबिरको चाहना

बलिउडका नायक तथा नायिकाको लिला पनि विचित्रकै छ । कहिले उनीहरु एक अर्काको प्रेमी प्रेमिका भएको कुरा गर्छन् त कहिले राम्रो साथी मात्र भएको बताउँछन् । यो भिडमा नायक रणबिर कपुर र नायिका दीपिका पादुकोण अग्रपंक्तीमा आउछन् ।



प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए जवानी हे दिवानी’को प्रमोशनका लागि दौडधुप गरिरहेका यि दुइले विभिन्न कुरा गरेर चर्चा बटुलिरहेका छन् । केही दिन अघि मात्र दीपिकाले रणबिरलाई ब्रश गर्न मन नलाग्ने रहस्य खोलेकी थिइन् । तर हालै मात्र एक कार्यक्रममा नायक रणविर कपुरले नयाँ कुरा बताएर सबैलाई आश्चर्यमा पारेका छन् ।

रणविर र दीपिका बिच प्रेमसम्बन्ध रहेको छ र उनीरु बिबाह गर्न पनि सक्छन् भन्ने हल्ला बजारमा नचलेका होइनन् । तर रणविरले दीपिकाको बच्चाको पिता नभई ‘गडफादर’ बन्ने बताएर सबैलाई हैरानीमा राखिदिएका छन् । उनले आफू दीपिकाको बच्चाको ‘गडफादर’ बन्न चाहेको बताउँदै उसलाई धेरै कुरा सिकाउने बताएका छन् ।