ज्योतिषीले महाराजगञ्ज नफापेको भनेपछी सुशील डेरा गर्दै

८ जेठ, काठमाडौ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला महाराजगञ्ज निवासबाट सर्ने भएका छन् । अहिले बसिरहेको महाराजगञ्जको घरबाट उनी बिपि कोइरालाका छोरा शशांक कोइरालाको घरमा डेरा सर्न लागेका हुन् ।



अहिले बसिरहेको महाराजगञ्ज निवासको आर्थिक भार बढी भएको र ज्योतिषीले पनि उक्त घरमा बसेर त्यति राम्रो नहुने बताएपछी उनी शशांकको घर सर्न लागेको बताइएको छ । पार्टीमा उनको रवाफ पनि कम भएको र प्रधानमन्त्री योग समेत उक्त घरका कारण सफल हुन नसकेको समेत ज्योतिषीले बताए पछि उनी महाराजगञ्ज एकछिन पनि बस्न नचाहेको बताइएको छ । उनी ज्योतिषीको सल्लाह अनुसार नै महाराजगञ्ज निवासबाट शशांक निवासमा दिन हेराएर सर्ने भएका छन् । अहिले सुशील कोइराला बसेको घरको भाडा कर, बिजुली र पानीबाहेक मासिक ५० हजार रूपैयाँ रहेको छ ।

सभापति सुशील कोइराला आज इलाम जाने कार्यक्रम छ र उनी त्यहाँबाट फर्केपछी मात्र शशांकको घरमा सर्ने बताइएको छ ।