घाँटीमा खराबी हुँदा ओरल सेक्सको सल्लाह दिने डाक्टर!!

सामान्यतः तपाईहरुले सुन्नु भएको होला कतिपय स्वास्थ्य समस्या आउँदा डाक्टरहरुले सेक्स नगर्न सल्लाह दिने गर्दछन् । तर, यो भने एक चिकित्सकले अनौठो सल्लाह दिएका छन् । एक महिलाको गलामा खराबी आएका कारण क्यालिफोर्नियास्थित डाक्टरको सल्लाह लिन पुगिन् । तर, चिकित्सकले उनलाई सातामा दुई पटक श्रीमानसँग ओरल सेक्स गर्न सुझाव दिए । विरामीलाई यस्तो अनावश्यक सल्लाह दिने चिकित्सकलाई क्यालिफोर्नियास्थित मेडिकल बोर्डले कारबाही गरेको छ ।



मेडिकल बोर्डका तर्फले चिकित्सकको यो सल्लाहलाई अनुपयुक्त र ठट्टाका रुपमा मात्र लिन भनेको छ । चिकित्सकको यो सल्लाहप्रति सर्वसाधारण पनि आक्रोशित बनेका छन् । चिकित्सकले यस्तो वाहियात प्रेस्क्रिप्सन लेखेको यो पहिलो घटना भने होइन। सेप्टेम्बर २०१२ मा एक चिकित्सकले आफ्ना तीस जना विरामीलाई यौन वर्द्धक औषधि खान सल्लाह दिएका थिए । एजेन्सी