यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमानद्वारा अगुल्टोले यौनाङ्गमा झोसेर घाईते भएकी सार्कीको मृत्यु

गएको पौष १६ गते राति यौन सम्पर्क गर्न नदिएकै बाहानामा मदिरा सेवन गरेका श्रीमान कमारो सार्कीले उनको यौनाङ्गमा अगुल्टो झोसेका थिए । विभिन्न संघ सस्थाको सहयोगमा केहि समय कोहलपुर मेडिकल कलेजमा उपचार गराएर उनी घरमा बस्दै आएकी थिईन ।
उनका श्रीमान भने पुर्पक्षका लागि कारागार चलान गरिएका छन । चावलीको मृत्यु पछि उनका नाबालक दुई छोरा र एक छोरी विचल्लीमा परेका छन् ।