लिम्बुवान राज्य परिषद् द्वारा आज पनि पूर्वका नौ जिल्ला बन्द, जनजीवन कष्टकर
२२ वैशाख, काठमाण्डौं । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
परिषद्का कार्यकर्ताले फोटोसहितको मतदाता नामावली संकलन कार्यमा अवरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् निकट लिम्बुवान विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष सहित तीन जना पक्राउ परेका छन् । मतदाता नामावली संकलनमा अवरोध पुर्याएको आरोपमा उनीहरु शनिबार झापाको बुधबारेबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका आफ्ना कार्यकर्ताको बिना सर्त रिहाइको माग गर्दै परिषद्ले बन्द आव्हान गरेको हो । परिषद्को बन्दका कारण मेची तथा कोशी राजमार्गमा यातायातका साधन चलेका छैनन् । धरानबाट पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवसभा जाने बस तथा ट्यक्सी पनि चलेका छैनन् ।
यस्तै झापाको विर्तामोडबाट मेची अञ्चलका पहाडी जिल्लामा जाने यातायातका साधन पनि बन्द छन् । सवारी साधन नचल्दा ताप्लेजुङको पाथीभरवाट फर्कने तिर्थयात्री समेत समस्यामा परेका छन् ।
यो पनि पढ्नुहोस
ल्यापटप फुटाउने लिम्बुवान कार्यकर्ता रिहा हुन मानेनन्