लाजिम्पाटमा रातभर रेखाकै चर्चा..(भिडियो सहित)
५ जेठ,काठमाडौ। शनिवार एक अभिनेतृ र एक नेतृ पार्टीमा प्रवेश गराएर राहत महसुस गरेका एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा रातभर त्यसको चर्चा चल्यो। प्रचण्ड स्यवम पनि दिनभरको घट्नाक्रमको विश्लेषण गर्न बसेका थिए।
पहिले नेतृ उर्मिला अर्यालबाट शुरु भएको चर्चा रेखा थापामा पुगेर गर्माएको थियो। प्रचण्ड निवासमा उर्मिला एमाओवादीमा आएपछि एमालेमा महिला नेताको सक्किएको विश्लेषण थियो। उर्मिलालाई दिने जिम्मेवारीका विषयमा पनि प्रचण्डले मन बनाएको बुझिएको छ।
केही न केही त दिनै पर्छ भनेर उनले भनेको स्रोत बताउँछ। उर्मिला पछि रेखा थापामा गएर चर्चाले गतिले लिएको थियो। प्रचण्डले रेखा निकै हिम्मत भएकी महिला भएको बताएपछि अन्यले पनि सहि थापेका थिए।
प्रचण्ड निवासमा मध्यराती भएको छलफल प्रचण्डबाहेका अन्य चार जना रहेको बताइएको छ। चलचित्रकी नायीकाबाट कम्युनिष्ट पार्टीको नेतृ बन्ने निर्णय सानो र सहज नभएको भन्दै रेखाको खुब प्रशंसा भएको थियो,स्रोत बताउँछ।
रेखालाई के जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा भने चर्चा नभएको तर उनी केही गर्न सक्ने मान्छे भएकोमा चैं छलफलमा एकमत भएको थियो। रेखाको कन्फिडेन्सको पनि छलफलमा प्रसंग उठेको बताइन्छ।
रेखाको छोटो मिठो भाषणको भने खुब चर्चा भएको स्रोत बताउँछ। रेखालाई जोडेर आफलाई मिडियाले घेर्नेबारेमा प्रचण्डले दुखेसको पोखेको बताइन्छ। विशेषगरि प्रचण्डले रेखाको प्रस्तुती खूब मनपरेको बताएका थिए। रेखाका हजुरबा यज्ञबहादुर थापासम्म कुरा पुगेको थियो भने उनमा पनि राजनैतिक गर्ने गुण भएको विश्लेण गरिएको बताइएको छ।
रेखाको प्रशंसासंगै लाजिम्पाटको छलफल सकिएको थियो। लाजिम्पाटमा प्रशंसा गरिएको कमरेड रेखा थापाको भाषण भिडियोमा हेर्नुस
nepaliheadlines