विदेशमा श्रीमान्, गर्भनिरोध साधन प्रयोग गर्दै श्रीमती घरमा हेर्नुहोस भिडियो सहित

विदेशमा श्रीमान्, गर्भनिरोध साधन प्रयोग गर्दै श्रीमती घरमा



काठमाडौं, बिदेसिएका पुरुषका श्रीमतीमध्ये १५ प्रतिशतले नियमित रूपमा गर्भनिरोधका साधन प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ । उनीहरूले लामो समयसम्म हुने गर्भनिरोधक नरप्लान्ट, तीनमहिने सुई, पिल्स तथा कन्डमसमेत प्रयोग गर्ने गरेको अध्ययनले देखाएको हो ।

अन्तर्राष्ट्रिय दातृ निकाय युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा साथ-साथ परियोजनाले पाल्पा, नवलपरासी, कपिलवस्तु र बारामा एचआइभी, यौनजन्य संक्रमण तथा परिवार नियोजनका साधनका प्रयोगबारे ६ भदौदेखि ३० असोजसम्म सर्भेक्षण गरेको थियो । सर्भेक्षणमा पाँच जिल्लाबाट एक हजार २८ महिला र ६ सय ९० जना पुरुषलाई सहभागी गराइएको थियो । अध्ययनमा सहभागी महिला विदेशमा रोजगारीक भने पुरुष विदेशबाट काम गरी स्वदेश फर्केका थिए । श्रीमान् विदेश रहेका सात सय महिलामाथि गरिएको सर्भेक्षणमा १५ प्रतिशत महिलाले गर्भनिरोधका साधन नियमित प्रयोग गरेको बताएका थिए । उनीहरूले अस्थायी साधन कन्डमदेखि लामो समय गर्भनिरोधका लागि अपनाएको नरप्लान्टसम्म प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ । सर्भेक्षणका वेला स्वदेश आएका श्रीमान्सँगै रहेका तीन सय २८ श्रीमतीमध्ये ४३ प्रतिशतले आफूबीचको यौनसम्पर्कका वेला कन्डमको प्रयोग गर्ने गरेको बताएका थिए । सर्भेक्षणमा सहभागी प्रवासी पुरुष श्रीमान्हरूका चार किसिमका यौनसाथी हुने पनि अध्ययनले देखाएको छ । श्रीमती, यौनकर्मी महिला, प्रेमिका र अन्य महिलासँग यौनसम्पर्क राख्ने पुरुषहरूले सबैभन्दा बढी कन्डमको प्रयोग यौनकर्मी महिलासँगको सम्पर्कका वेला र सबैभन्दा कम श्रीमतीसँगको सम्पर्कका वेला गर्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । सर्भेक्षणबाट ७९ प्रतिशत प्रवासी पुरुषले यौनकर्मीसँगको हरेकपटकको सम्पर्कमा कन्डमको गर्ने गरेको देखिएको छ । २० प्रतिशतले धेरैजसो र सात प्रतिशतले कहिल्यै पनि कन्डमको प्रयोग नगरेको देखिएको छ । विज्ञहरू यी सात प्रतिशत पुरुष यौनरोग तथा एड्सको जोखिममा पर्न सक्ने बताउँछन् । यसैगरी प्रवासी कामदार पुरुषमध्ये हरेकपटकको यौनसम्पर्कमा कन्डमको प्रयोग गर्ने संख्या चार प्रतिशत छ । १८ प्रतिशतले धेरैजसो र ७३ प्रतिशतले कन्डमविना नै यौनसम्पर्क गर्ने गरेको अध्ययनको निष्कर्ष छ । श्रीमतीसँगको यौनसम्पर्कमा कन्डमको प्रयोग गर्नुको कारणमा ८३ प्रतिशतले परिवार नियोजनको साधनका रूपमा र २ प्रतिशतले एचआइभी एड्स सर्नबाट बच्न प्रयोग गर्ने गरेको बताएका छन् । सर्भेक्षणले अर्को रोचक तथ्यसमेत सार्वजनिक गरेको छ । कपिलवस्तुका २० प्रतिशत प्रवासी पुरुषका श्रीमतीहरूले पुरुषले प्रयोग गर्ने कन्डमबारे अझैसम्म सुनेका छैनन् । सुनेका ८० प्रतिशतमध्ये १७ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ । परियोजनाका कार्यकारी प्रमुख डा. भानुभक्त निरौलाले चार जिल्लाको सर्भेक्षणले परिवार नियोजनका साधनको प्रयोग र आवश्यकताबारे नयाँ सन्देश ल्याएको बताए । कतिपय महिला तथा पुरुषले अझै पनि ज्ञानका अभावमा जोखिम मोलिरहेको उनको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङ्मार ग्लाल्जेन शेर्पाले वैदेशिक रोजगारीमा जाने प्रवासी कामदार र तिनका श्रीमतीबारे गरिएको अध्ययन महत्त्वपूर्ण रहेको भन्दै यसले नयाँ नीति अवलम्बन गर्न सरकारलाई सहयोग पुर्याउने बताए । आइतबार सार्वजनिक गरिएको सो सर्भेक्षणमा चार जिल्लाबाट ५३ प्रतिशत खाडी मुलुक र १८ प्रतिशत मलेसिया, २८ प्रतिशत भारत र एक प्रतिशत अन्य मुलुकमा रोजगारीका लागि गएको उल्लेख छ ।


 पुरा भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोला