दक्षिण कोरियाले किन्दैछ खतरानाक हतियार, कोरियाली प्रायद्धीपमा युद्धको सन्त्रास कायमे
१३ जेठ, एजेन्सी । दक्षिण कोरियाले कम्तिमा २० वटा लडाकुजहाज किन्ने भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार समुन्द्रमा मार हान्ने मिसाइललाई परास्त गर्नकालागि उक्त जहाजहरू किन्ने भएको हो । मन्त्रालयको जानकारी अनुसार ती सबै जहाजहरू आगामी सन् २०१८ भित्र किनिसक्ने छ ।
ती सबै जहाजहरू विदेशबाट खरिद गरिने उनीहरुको भनाई छ । स्रोतको हवाला दिँदै त्यहाँको एक सञ्चारमाध्यमले ती सबै जहाजहरू विदेशबाट खरिद गरिने बताएको हो । उक्त जहाज किन्ने जिम्मेवारी त्यहाँको रक्षा संयन्त्र(डापा)ले लिएको बताइएको छ ।
उक्त जहाजहरू किन्नका लागि ९ सय मिलियन डलर लाग्ने बताइएको छ । उक्त जहाजहरूमा एससी-१३०जे हेर्कुलेस, एयरबस मिलिटरी च-२९५ एमपिए, बोइङ पि-८ जस्ता जहाजहरु रहेका छन् ।
अमेरिका तथा जापानसँग ती जहाजहरू किन्ने तयारीमा रहेको बताइएको छ । यसरी हतियार किन्न थालेको खबरपछी कोरियाली प्रायद्धिपमा निकै हल्लाखल्ला समेत मच्चिएको छ । कतै युद्धको तयारी त होइन भन्ने सन्त्रास समेत कोरियाली प्रायद्धिपमा देखिएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनाव केही मत्थर भएका बेला दक्षिण कोरियाले यस्ता हतियार किन्ने थाहा पाएपछी उत्तर कोरियामा समेत यस्को चर्चा हुन थालेको बताइएको छ ।
तनावका स्थिति कम भइरहँदा कोरियाले यस्तो निर्णय गर्नु निकै शंस्कास्पद समेत मानिएको छ । कतै दक्षिण कोरिया र उत्तर कोरियाबीचको तनाव भित्रभित्रै बढ्दै गएको त होइन भन्ने आशंका पैदा भएपछि कोरियाली प्रायद्धिप संत्रस्त बनेको छ ।