विचरा ! सुशिललई यसरी बनाइयो बेवकुफ !

१४ जेठ,काठमाडौ। सोमबार बसेको उच्चस्तरिय राजनैतिक समितिको बैठकमा सुशिल कोइराला उपस्थित भएनन्। उनि नआएपछी उच्चस्तरिय समितिको बैठक बसेन पनि । उनि नजानुको कारण थियो, अघिल्लो दिन उनलाई सोही समितको बैठकमा सवैलाई मिलेर वेबकुफ बनाएको थियो। एमाओवादीका प्रचण्डले मात्रै होइन् उनकै पार्टीका उपसभापित रामचन्द्र पौडेले पनि उनलाई छोडेनन्।



आइतबारको बैठकमा ३३ दललाइ निर्वाचनमा ल्याउन खिलराज रेग्मीले प्रधानन्यायाधिशले राजिनामा दिनु पर्दछ के भनेका थिए उनिविरुद्ध उनकै पार्टीका उपसभापति खनिए। पौडेलेले एक पटक भइसकेको सहमति किने भाड्ने गरि किन मागेको राजिनामा भनेर जंगिएपछी सुशिल झसंग भएका थिए।


त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड र एमालेका विष्ण पौडेले पनि त्यही भाषामा सुशिललाइ झपारेका थिए।

तर आफ्नै पार्टीका पौडेलले यसरी कुरा फेर्लान भनेर सपनामा पनि नचिताएका सुशिल त्यसदिन पनि जंगिदै हिडेका थिए। निवासमा पुग्ने बितिकै एमाओवादीले जे पनि गर्न हुने हामिले चैं राजिनामा कुरा पनि उठाउन नहुने भन्दै जंगिएका थिए।

वास्तवमा सशिलको त्यसदिन रेग्मीको राजिनामा चर्काएर प्रचण्डलाई दबाबमा ल्याउने योजना थियो। एमाओवादी ६०१ सदस्य संख्या र थ्रेसहोल्डको विपक्षमा नगलेपछि प्रचण्डलाई गलाउन उनले रेग्मीकै अगाडी राजिनामाका कुरा उठाएका थिए। तर चलाख प्रचण्डले त्यसको भेउ पहिलै पाएपछि सशिल विरुद्ध रामचन्द्र प्रयोग गर्ने प्रचण्ड सफल भएको विश्लेषण समेत गरिएको छ।

हुन त सुशिल कोइरालाले पनि गल्ती गरेका थिए, उनले पौडेललाई केही जानकारी गराएनन्। सुशिल कोइराला दुइ चार नेतासंग मात्रै छलफल गरेर आउने गरेको आरोप त्यसदिन पुष्टी भएको थियो किन भने कोइरालाको योजना स्वयम उपसभापति पौडेलालाई थाहा थिएन्। परिणाम त कोइराला त्यसदिन रेग्मीकै अगाडी रेग्मीको राजिनामा माग्दा वेबकुफ मात्रै बनेन जोकर सावित भए पार्टीकै उपसभापितले साथ नदिँदा।