दुई मुस्लिम युवतीले गरे पहिलोपटक समलिङ्गी विवाह...(फोटोसहित)
१३ जेठ, एजेन्सी । मुस्लिम धर्ममा महिलाहरुलाई मुख देखाएर बाटोमा हिड्ने अनुमति समेत छैन् । मुस्लिम युवतीहरू आफ्ना बारे निर्णय लिन समेत वञ्चित छन् । केही गल्तिमात्र गर्दा पनि ज्यान नै गुमाउनुपर्ने अवस्थासम्म पुग्छन् महिलाहरू । यस्तो कट्टर परम्पराकाबीचमा हुर्किएका एक जोडी युवतीले भने उक्त परम्परालाई नै चुनौती दिएका छन् ।
ती दुई युवतीले बेलायतमा रहेर मुस्लिम समयुदायमा नै पहिलो पटक समलिङ्गी विवाह गरेका छन् । युवतीद्धय रेहना र सोबियाले समलिङ्गि विवाह गरेका हुन् । रेहनाले सोबियालाई पहिलो पटक बर्मिङ्घममा भेटेकी थिइन् । पहिलो पटकको चिनाजानी पछि यी दुई निकै नजिकिए र दुईबीच निकै घनिष्ठ प्रेमसम्बन्ध रहन गयो । दुवैले एक-अर्कासँग जिउने समेत कल्पना गरे र उनीहरुले समलिङ्गी विवाह गर्ने सोच बनाए । परम्परालाई लत्याएर उनीहरुले कोर्टमा गएर कोर्ट म्यारिज गरे ।
उनीहरुलाई विवाहका क्रममा कोर्टमा समेत विवाह गराउने व्यक्तिले एकपटक फेरी सोच्न आग्रह गरेका थिए । उनीहरुको धर्ममा यस्तो गर्नु अपराध हो र यसले गर्दा ज्यान नै जोखिममा पर्न सक्छ । तर, उनीहरुले विवाह गरेरै छाड्ने बताएपछी विवाह गराइदिएका हुन् ।