आक्रमणको जवाफ प्रचण्डसँग माग्छु : गगन

१३ जेठ, दाङ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आधार इलाकामा आफनो जनमत गुम्दै गएपछि एमाओवादी अत्तालिएको वताउनु भएको छ । एमाओवादीका कार्यकतामा पार्टीप्रति वितृष्णा जागेको र अन्य पार्टीमा जान थालेपछि माओवादी अत्तालीन र तर्सिन थालेको उहाँको भनाई थियो ।



दाङमा आयोजित कार्यक्रमा नेता थापाले अवको संविधानसभामा कांग्रेसको बहुमत आउने देखेपछि एमाओवादीले कायरता प्रर्दशन गर्न थालेको बताउनुभयो । रुकुममा कांग्रेस सभामा माओवादीले गरेको आक्रमण त्यही भएको उहाँको भनाई छ । आफुमाथि भएको आक्रमणको जवाफ एमाओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग माग्ने समेत वताउनुभयो ।

कांग्रेसको एक जना सामान्य कार्यकर्ता गाउँमा हिड्दैमा माओवादी अत्तिनेे र तर्सिने गरेको भन्दै थापाले उसको पक्षमा जनमत गुम्दै गएको पुष्टि हुने वताउनुभयो । सबैको विश्वास र आशा काग्रेस प्रति भएको भन्दै युवा नेता थापाले अवको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावि समेत गर्नुभयो । बहुमत ल्याउनका लागि कांग्रेसले आगामी संविधान सभामा २ प्रकारको घोषणा पत्र लिएर जानु पर्ने भन्दै उहाँले भन्नुभयो-’एउटा घोषण पत्र संघीय लोकतान्त्रीक गणतन्त्र र अर्काे सरकार सञ्चालनका वारेमा हुन्छ ।’

थापाले वर्तमान सरकारलाई चुनाव गराएर जति सक्यो छिट्टै फाल्नु पर्ने वताउनुभयो । पछिल्लो समयमा वर्तमान सरकारले राणा, राजा र बाबुरामको शासनलाईर् निरन्तता दिने गरी गतिविधि गरिरहेको भन्दै उहाँले भन्नुभयो-’यसको पछिल्लोे उदाहरण लोकमान सिंह कार्की प्रकरण र सर्वोच्च अदालतमा पत्रकार ाई प्रबेश निषेेध गर्नु हो ।’