राजधानीका मासुपसलमा आकस्मिक छापा, सिनो बेचेको पाइयो

१० जेठ, काठमाडौं । पशुसेवा विभागले राजधानीका विभिन्न स्थानमा संचालित मासु पसलमा आज बिहान आकस्मिक छापा मारेको छ ।



पशु सेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारको संयोजकत्वको टोलीले काठमाडौको टेकु र ललितपुरको लगनखेल र भैसेपार्टीका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मरेका पशुको सिनोलाई मासुको रूपमा बेचेको पाइएको अनुगमन टोलीका एक सदस्यले नेपालीहेडलाइन्सलाई जानकारी दिए । अनुगमनमा सहभागि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले उपत्याकाका मासु पसलले मासुका नाममा मन्द बिष बेचिरहेको आरोप लगाए ।

मरेको पशुको सिनो बेचिएको, भैसीका आन्दा पेलेर ममःको लागि मासु तयार गर्न लागिएको फेला परेको थियो । कुनैपनि मासु पसलले मापदण्ड पूरा गरेको नदेखिएको अनुगमन टोलीले बताएको छ ।