महिलाको नजरमा पुरुष सेक्स मेसिन
सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधै सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०।२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरको अर्थात् पाको पुरुषको हकमा गलत हुनसक्छ । उमेर बढेसँगै विभिन्न जिम्मेवारी पनि थपिन्छन् ।
सोही कारण कोही पनि पुरुष जतिखेर पनि सेक्सका लागि तयार तथा इच्छुक हुन सक्दैन । उमेर बढेसँगै पुरुषमा पनि सामाजिक जिवनका परिवन्द बढ्छन् र करिअरको चिन्ता पनि हुन्छ । त्यसकारण यस उमेरमा पुरुषले सेक्सका बारेमा कम र करिअरका बारेमा बढि सोँच्दछ ।
कामको बोझ, पैसा कमाउने चिन्ता, परिवारको इच्छा पूरा गर्ने जिम्मेवारी सबै थोपरिएको अवस्थामा आखिर पुरुषले कसरी हर समय सेक्सको बारेमा सोँच्न सक्छ ? तर महिलाहरुले पुरुषको यो परिवन्दप्रति वेवास्ता गर्छन् र पुरुषहरु भोगी हुने र अरु सबैलाई त्याग गर्दै सेक्समा लिप्त हुनसक्ने ठान्छन् । यौन विज्ञहरुका अनुसार पुरषहरुका लागि सेक्स भन्दा ठूलो कुरा इमोसनल लभ हुन्छ । सेक्स गर्दा भन्दा कसैले मिठो स्वरमा माया गरेर आइ लभ यु भन्छ भने त्यसमा पुरुष बढि सन्तुष्ट तथा खुसी हुन्छ ।
धेरै पुरुषहरुको दुखेसो आफुलाई पार्टनरले इमोसनल सपोर्ट नगरेको भन्ने हुन्छ । महिलाले आफुलाई सेक्सका लागि मात्र उपयोग गर्छन् भन्ने मनोभावना पनि कतिपय पुरुषमा हुन्छ । वास्तवमा संवेगात्मकतामा महिला पुरुषभन्दा निकै पछाडि हुन्छन् । महिलाहरु पुरुषलाई सेक्स मेसिनको रुपमा हेर्छन् र सोही अनुरुप प्रयोग गर्न चाहन्छन् । एजे