महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक !!

अमेरिकाको ओक्लाहोमामा एक महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् ।



प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको थियो ।

त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको छ ।

एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो । ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ ।