महिलाहरुले आफना पति र प्रेमीसंग संभोग गर्न लगाए रोक

कोलम्बियाको एक शहरमा महिलाहरुले आफना पति र प्रेमीसंग संभोग गर्न रोक लगाए । महिलाहरुले आफनो गाउँलाई अन्य ठाउँसंग जोड्ने सडक बनाउने पहल नगरेसम्म संभोग गर्न नदिने भनी हडताल गरेका हुन् । उनिहरुको भनाईमा यहि एकमात्र सडक हो जस्ले गाउँलाई शहरसंग जोड्छ । उनिहरुलाई शहर सम्म पुग्ने पचास माईलको यात्रा गर्न दश घण्टा पैदल हिँड्नु पर्छ । महिलाहरुको भनाई छ कि उनका पतिहरु मेयर या गवर्नरलाई भनेर यो सडक निर्माण गर्न सकेका छैनन् । पति र पे्रमीहरु यो सडक निर्माण गर्न प्रयास गरुन भनेर संभोग गर्न रोक लगाउनु परेको हो । तर संभोगमाथिको हडताल पाँच दिन भन्दा बढी कायम रहेन । किनकि महिलाहरुको यस हडतालका बिरुद्ध पति र पे्रमीहरुले भोक हडताल सुरु गरे